IME Life New

नेपाल लाइफको बोनश दर बढाउन अभिकर्ता संघको दबाब, के सीईओ पराजुलीले सक्लान् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पेशागत अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफ इन्स्योरेन्सले पाउनुपर्ने बोनश दर वृद्धि सहितका ७ बुँदे माग पत्र व्यवस्थापन समक्ष पेश गरेको छ। स‌ंघको नवनिर्वाचित अध्यक्ष गणेश अधिकारीले स‌ंघको तर्फबाट व्यवस्थापन समक्ष पेश गरेको माग पत्रको पहिलो बुँदामा नै बीमितले पाउनुपर्ने बोनश दर रकम साबिकभन्दा वृद्धि गरिदिन माग गरिएको छ।

नेपाल लाइफको आर्थिक वर्ष २०७८/७९ र २०७९/८० को बीमाङ्की मूल्याङ्कन प्रतिवेदन नेपाल बीमा प्राधिकरणमा विचाराधीन अवस्थामा छ । भावी बोनश (फ्युचर बोनश) को व्यवस्थाका कारण नेपाल लाइफको बीमितले पाउने बोनश दर साबिकको भन्दा घट्ने संभावना छ। प्राधिकरणले भावी जोखिम र अनिश्चितताका कारण बोनश दरमा अस्वाभाविक घटबढ हुने अवस्थालाई मध्यनजर गर्दै जीवन बीमकलाई भावी नाफावापतको सबै रकम बोनश वापत वितरण नगरी निश्चित प्रतिशत रकम भविष्यका लागि समेत जगेडा गर्न निर्देशन दिएको छ। यस्तो प्रावधानका कारण जीवन बीमकले वितरण योग्य नाफाबाट सबै रकम बोनश दर घोषणा नगरी केहि अंश भविष्यका लागि जगेडा गर्नुपर्ने बाध्यात्मक अवस्था छ।

Esewa
Crest

कुनै बेला सर्वाधिक बोनश दर को दाबी गर्दै बीमितलाई प्रभावित पारेको नेपाल लाइफले अहिले यस्तो भन्न सक्ने अवस्था छैन । यसको घोषित बोनश दर अन्य पुराना जीवन बीमा कम्पनीको तुलनामा कमजोर छ। नयाँ बोनश दरको घोषणासँगै पुनः बोनश घट्ने भयले अभिकर्ताहरुले पहिलेको भन्दा बोनश रकम बढाउनका लागि व्यवस्थापनसँग माग गरेका हुन् ।

जीवन बीमा कम्पनीले पूँजी र जीवन बीमा कोष लगायतको रकम लगानीबाट प्राप्त गर्ने प्रतिफलका आधारमा बीमितले पाउने बोनश दर निर्धारण हुँदै आएको छ। बोनश दरको निर्धारण वित्तीय सिद्धान्तमा मात्र नभएर गणितीय विधिको समेत प्रयोग गरेर हुँदै आएको छ। बोनश दर निर्धारणका क्रममा बीमाङ्कीले अलग अलग प्रकारका बीमालेखले एक आर्थिक वर्षभरमा गरेको बीमाशुल्क आम्दानी, कमिशन तथा व्यवस्थापन खर्च, संकलित कोषको लगानीवापत प्राप्त प्रतिफल, बीमित प्रतिको भावी दायीत्व लगायतको पक्षलाई केलाएर बचत रकम गणना गर्छन् । यस्तो बचतवापतको रकमबाट ९० प्रतिशत बीमित कोषमा र बाँकी १० प्रतिशत शेयरधनी कोषमा जम्मा हुने गरेको छ।

स‌ंघले अघि सारेका मागमा व्यतित बीमालेख पुनर्जागरण गराउँदा लाग्ने ब्याज रकममा सबै बीमितलाई ५० प्रतिशत छुटको व्यवस्था गर्न अनुरोध गरिएको छ। देशको विषम आर्थिक परिस्थितलाई मध्यनजर गर्दै स‌ंघले माघ १ गतेदेखि नै छुट योजना लागू गर्न माग गरेको छ। पहिलो किस्तावापतको रकम मात्र भुक्तानी गरेर बीमालेखलाई निरन्तरता दिन नसकेका बीमितलाई कुनै पनि बीमा योजनामा परिवर्तन गरेर बीमालेखलाई निरन्तरता दिने सुविधा ल्याउन समेत स‌ंघले माग गरेको छ।

सात बुँदे माग पत्रमा अभिकर्ता प्रोत्साहन योजना लागू गर्दा प्रत्येक बीमा योजनामा एएम र बिसी मा गणना हुने बीमाशुल्क व्वयसाय नै निःशर्तरुपमा प्रोत्साहन योजनामा समेत लागू गर्न अनुरोध गरिएको छ। बालबालिका सम्बन्धी जीवन बीमालेख बजार सुहाउँदा सुविधा सहितको ल्याउनका लागि समेत संघले सुझाव दिएको छ। नेपाल बीमा प्राधिकरणले जारी गरेको जीवन बीमालेख निर्देशिका २०७९ को परिपालना नगर्दा केही महिनादेखि नेपाल लाइफ इन्स्योरेन्सलाई प्राधिकरणले बालबालिका सम्बन्धी बीमालेख बिक्री गर्न प्रतिबन्ध लगाई दिएको छ।

पेशागत बीमा अभिकर्ता संघ बीमक समितिको सचिवालयका लागि सचिवालय कक्षको व्यवस्था गरिदिन संघले अनुरोध गरेको छ। साथै नेपाल लाइफका शाखा उपशाखामा अभिकर्ताका लागि कार्य कक्षको व्यवस्था गरि दिन समेत संघले अनुरोध गरेको छ। नेपाल बीमा प्राधिकरणले जारी गरेको बीमकको शाखा कार्यालय सम्बन्धी निर्देशन २०७९ मा प्रत्येक कार्यालयमा अभिकर्ताका लागि बीमकले कार्यकक्षको उचित व्यवस्था गरिदिनुपर्ने प्रावधान छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

73%
happy

खुसी

9%
sad

दु :खी

0%
amazed

अचम्मित

18%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS