IME Life New

नेपाल लाइफको अभिकर्ता संघमा गणेश अधिकारीको नेतृत्वमा सर्वसम्मत नयाँ कमिटी गठन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पेशागत अभिकर्ता बीमक संघ नेपाल बीमक समिति नेपाल लाइफ इन्स्योरेन्सको अध्यक्ष पदमा गणेश अधिकारी निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न भएको विशेष अधिवेशनको बन्द शत्रबाट अधिकारीको नेतृत्वमा नयाँ कार्य समितिको चयन भएको हो ।

बन्द शत्रपछि जारी विज्ञप्ती अनुसार बद्रीनाथ ढकाल वरिष्ठ उपाध्यक्ष ओम प्रसाद ओली, किशोर राउत कमकर, रामचन्द्र बञ्जाडे, रामशरण पोखरेल रेशम सिंह ठकुरी जुहारीलाल चौलागाई देवी प्रसाद जैसी उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन् । विशेष अधिवेशनले ३२ सदस्यीय कार्य समितिको चयन गरेको छ।

Esewa
Crest

नवनिर्वाचित कार्य समितिको सचिव पदमा तेजमणी शर्मा, सहसचिव यदुनन्द भण्डारी, गीता कार्की काफ्ले, कोषाध्यक्ष विमला ढकाल अमगाई र सहकोषाध्यक्ष लिला अधिकारी रहेका छन् । यसैगरी सदस्यहरू नरेन्द्र संग्रौला, सन्तोष शर्मा, रामबहादुर ओली, दामोदर सापकोटा, जानकी बोहरा विष्ट, नरेन्द्र प्रसाद जोशी,राजुकुमार शर्मा,कमल प्रसाद सुवेदी, कृष्ण बहादुररिमाल, शान्ता पाण्डे, सुरोज सिवाकोटी, मोहन सुन्दास र महानन्द सिटौला निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार अन्य सदस्यहरुमा गोविन्द प्रसाद भट्टराई, अनिता राई, झविन्द्र भट्टराई र तारा दाहाल अधिकारी रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष अधिकारीले आफूहरुलाई विश्वास गरेर निर्विरोधरुपमा नेतृत्वको अवसर प्रदान गरेकोमा अभिकर्ता सदस्यहरुमा धन्यवाद ज्ञापन गरेका छन् । उनले नेपाल लाइफका पेशागत अभिकर्ताको अधिकार सुरक्षित गर्नका लागि संघको नेतृत्व निरन्तर सकृय रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । उनले इन्स्योरेन्स खबरलाई प्रतिकृया दिंदै भने,दुई वटा कमिटी छ भन्ने बहानामा व्यवस्थापनले हामीसँग खेली रह्यो, अब कुनै पनि बहाना चल्ने छैन, कम्पनीसँग भएका पुराना सम्झौता लागू गर्ने गरी निरन्तर दबाब दिने छौं।

अभिकर्ताको सदस्यतावापतको रकम हिनामिना गरेका राजेन्द्र अमात्यलाई कानूनको कठघरामा उभ्याएर हिनामिना भएको सबै रकम तिराएरै छोड्ने घोषणा समेत गरे । उनले भने, अभिकर्ता साथीहरूले संगठन परिचालनका लागि पाउनुपर्ने सदस्यता शुल्कको ४० प्रतिशत रकम तिराउने छौं र शाखामा पठाउने छौं। उनले नव निर्वाचित कार्य समितिले बीमक समिति अन्तर्गतका सबै शाखा र प्रदेश संगठनको बैंक खाता खोलेर संगठनलाई चलायमान बनाउने प्रतिबद्धता समेत व्यक्त गरे ।

नेपाल लाइफ इन्योरेन्सलाई व्यवस्थित ढंगले अघि बढाउन र अभिकर्ता तथा बिमितको हितमा काम गर्नेका लागि व्यवस्थापनलाई सकारात्मक दबाब दिने भूमिकामा पनि संघको नेतृत्व पछि नपर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

63%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

38%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS