IME Life New

नेपाल लाइफको अण्डरराइटिङमा गम्भीर लापरवाही, कसरी चलेको छ कम्पनी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई बीमा प्रस्तावको अण्डरराइटिङ्ग अर्थात् जोखिमाङ्कनलाई प्रभावकारी बनाउनका लागि बीमा नियामकले निर्देशन दिएको छ। प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण सशर्त स्वीकृत गर्दै दिएको सात बुँदै निर्देशनमा जोखिमाङ्कन प्रकृयालाई थप प्रभावकारी बनाउन निर्देशन दिएको हो ।

यसअघि प्राधिकरणले चालू आर्थिक वर्षको पहिलो त्रैमासको कारोबार सम्बन्धमा स्थलगत अनुगमन गर्ने क्रममा बीमितबाट रकम भुक्तानी नै नपाउँदै बीमालेख जारी भएको पाएपछि सचेत गराएको थियो । प्राधिकरणले स्थलगत अनुगमनको क्रममा नेपाल लाइफको शाखा कार्यालयहरुमा मात्र नभएर प्रधान कार्यालयको अण्डरराइटिङ्ग विभागबाट समेत बीमालेखको प्रस्ताव मूल्याङ्कन गर्दा वा नयाँ बीमालेख जारी गर्दा गम्भीर लापरवाही गरेको फेला पारेको थियो ।

Esewa
Crest

नेपाल लाइफले बीमालेख प्रस्ताव स्वीकार्दा अण्डरराइटिङमा भएका त्रुटीहरुः

१) प्रस्ताव फारमहरु पूर्णरुपमा विवरण नभरिएको

२) प्रस्ताव फारममा प्रस्तावकको हस्ताक्षर नभएको

३) प्रस्ताव फारममा केरमेट गरिएको, केरमेट गरिएको ठाउँमा प्रस्तावकको हस्ताक्षर नभएको

४) प्रस्तावक स्वयमले भर्नुपर्ने र अभिकर्ताले स्वयमले भर्नुपर्ने फारममा एउटै व्यक्तिको अक्षर लेखाई रहेको

५) प्रस्तावक वा बीमितको फोटो बिना नै फारम भरिएको

६) प्रस्तावकको आय श्रोत खुल्ने प्रमाण संकलन नगरिएको

७) एक लाख वा सो भन्दा बढी बीमाशुल्क रकम नगदै जम्मा गरेको

८) दाबी वापतको रकम भुक्तानी पूर्व नै नयाँ बीमालेखहरु रुपान्तरण गरी बाँकी रकम मात्र भुक्तानी गरेको

९) बीमितबाट कम्पनीको खातामा प्रथम् बीमाशुल्कवापतको रकम जम्मा नहुँदै उधारोमै नयाँ बीमालेख जारी गरेको

१०) बीमाशुल्क रकम भुक्तानी भएको मिति भन्दा पहिलेको मितिमा बीमालेख जारी गरेको

११) रू २५ लाखभन्दा माथिको बीमाङ्कको बीमालेख जारी गर्दा इच्छ्याइएको व्यक्तिसँग बीमितको नाता खुल्ने प्रमाण संलग्न नगरेको

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

6%
happy

खुसी

0%
sad

दु :खी

53%
amazed

अचम्मित

12%
excited

उत्साहित

29%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS