IME Life New

नेपाल लाइफका अभिकर्ताको कमाई सुक्दै, पाँच वर्षमै ३९ प्रतिशतले घट्यो अभिकर्ताको आम्दानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । झण्डै साढे दुई दशक पुरानो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सका अभिकर्ताको आम्दानी क्रमशः सुक्दै गएको छ । कम्पनीले प्रकाशन गरेको २३ औं र २४ औं संयुक्त वार्षिक प्रतिवेदन अनुसार अभिकर्ताको कमिशन आम्दानी पाँच वर्षको अवधिमा ३९ प्रतिशतले घटेको छ।

कम्पनीका अनुसार आर्थिक वर्ष २०७५।७६ मा अभिकर्ता कमिशन, इन्सेन्टिभ लगायतका खर्चवापतको रकम कुल बीमाशुल्क आम्दानीको अनुपातमा १८.५८ प्रतिशत रहेको थियो । गत आव २०७९।८० मा आएर यस्तो कमिशन, इन्सेन्टिभ वापतको रकम ३९ प्रतिशतले खस्किएर ११.३३ प्रतिशतमा सीमित हुन पुगेको छ।

Esewa
Crest

उदाहरणका लागि नेपाल लाइफले १० अर्ब रूपैयाँ कुल बीमाशुल्क आम्दानी गर्दा आव २०७५।७६ मा १ अर्ब ८५ करोड ८० लाख रूपैयाँ कमाउँथे भने आव २०७९।८० मा कम्पनीले १० अर्ब रूपैयाँ कुल बीमाशुल्क संकलन गर्दा अभिकर्ताको हातमा जम्मा १ अर्ब १३ करोड ३० लाख रूपैयाँ पर्थ्यो।

व्यवसायीक र बफादार अभिकर्ताका कारण बजार हिस्साका हिसाबले अग्रस्थानमा रहेको नेपाल लाइफमा २४ वर्षदेखि निरन्तर सेवा गर्दै आएका अभिकर्ताहरू अब आम्दानीका हिसाबले क्रमशः कमजोर हुँदै गएका हुन् । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणले पनि यो तथ्य उजागर गरेको छ।

नेपाल लाइफ इन्स्योरेन्सको विगत पाँच वर्षको घट्दो अभिकर्ता खर्च अनुपात

कुल बीमाशुल्क दरको आधारमा अभिकर्ता खर्चवापतको रकम आ. व. २०७५।७६ देखि निरन्तर कटाैती हुँदै गएको छ । अभिकर्ताले प्राप्त गर्ने कमिशन, इन्सेन्टिभ तथा अन्य सुविधामा कटाैतीको कारणले आ. व. २०७५।७६ मा कुल बीमाशुल्कको १८.५८ प्रतिशत अभिकर्ता खर्च रहेकोमा आ. व. २०७६।७७ मा १७.८२ प्रतिशतमा झरेको थियो । आ. व. २०७७।७८ मा १६.१७ प्रतिशत, २०७८।७९ मा १३.६९ प्रतिशत र गत आ. व. २०७९।८० मा आइपुग्दा ११.३३ प्रतिशतमा सीमित हुन पुगेको छ ।

यस आधारमा कुनै अभिकर्ताले आव २०७५।७६ मा कमिशन, इन्सेन्टिभ र अन्य सुविधावापत वर्षमा १ करोड रूपैयाँ  आम्दानी गरेको थियो भने आ. व. २०७९।८० मा उत्तिक्कै व्यवसायीक योगदान गर्दा पनि जम्मा ६१ लाख रूपैयाँमै चित्त बुझाउनुपर्ने बाध्यता छ।

कम्पनीले रणनीतिगतरूपमा अभिकर्ता संरचनामा परिवर्तन गर्नुको साथै अभिकर्तालाइ दिंदै आएको सेवा सुविधामा हर संभव कैंची चलाएर अभिकर्ताको आम्दानी सीमित बनाई दिएको हो । अभिकर्ताको बिएम बिडी लगायतले व्यापार व्यवसायमा योगदान पुर्याएवापत प्राप्त गर्ने कमिशन कटौती गर्नुको साथै व्यवसायीक लक्ष्यको सीमा समेत बढाई दिएको छ।

अभिकर्ताको सेवा सुविधा कटाैतीको रणनीति कार्यान्वयनका लागि अभिकर्ताबीच फुट ल्याएर समानान्तर समिति गठन गराउँदै व्यवस्थापनले अभिकर्ताबीच फुटको फाइदा उठाएको थियो ।

कम्पनीको सञ्चालक समितिले अभिकर्ता खर्च कटाैतीका लागि कम्पनीको व्यवस्थापनलाई प्रोत्साहन दिने गरेको छ । अभिकर्तामाथि गर्ने खर्च कटाैती भएको अवस्थामा नाफा बढ्ने र शेयरधनीलाई अतिरिक्त प्रतिफल मिल्ने भएकाले सञ्चालक समितिले अभिकर्तामाथि हुने खर्चमाथि हर संभव कैंची चलाउन व्यवस्थापनलाई निर्देशन दिंदै आएको छ।

अभिकर्ता कमिशन र अन्य सेवा सुविधावापतको खर्च लागत कटाैती गर्न सञ्चालक समितिले पछिल्लो समयमा वैकल्पिक वितरण माध्यमबाट बीमालेखको बिक्रीलाई प्रोत्साहन गर्ने रणनीति अपनाएको छ। यस अन्तर्गत कम्पनीले अल्टरनेट सेल्स च्यानल अर्थात् वैकल्पिक वितरण प्रणाली विभाग नै खडा गरेको छ। परम्परागतरूपमा व्यक्तिगत अभिकर्तामाथि निर्भर व्यापारलाई संस्थागत अभिकर्ता, डिजिटल वितरण माध्यम, प्रत्यक्ष बिक्री लगायतका माध्यमबाट प्रवर्द्धन गर्न सकेको अवस्थामा अभिकर्तामाथिको खर्चलाई अझै कटाैती गर्दै लैजान वैकल्पिक वितरण प्रणाली विभाग खडा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

10%
happy

खुसी

60%
sad

दु :खी

0%
amazed

अचम्मित

30%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS