IME Life New

नेपाल रेमिट र कृषि विकास बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र कृषि बिकास बैक लि. बिच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौता पत्रमा नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. का तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र कृषि बिकास बैकको तर्फबाट प्रमुख प्रमुख कार्यकारी अधिकृत गोविन्द गरूङले हस्ताक्षर गरे ।

विगत १७ वर्ष देखि रेमिट्यान्स क्षेत्रमा काम गर्दै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. तथा देश भरी तीनसय वटा भन्दा वढि शाखा कार्यलय र थुप्रै एक्स्टेन्सन्न काउन्टर मार्फत बैँकिङ्ग सेवाहरु जस्तै क्यूआर कोड सेवा, क्रेडिट कार्ड, डेविट कार्ड, कनेक्ट आइपिएस, ईन्टरनेट बैंकिङ आदि सेवाहरु समेत प्रदान गर्दै आएको कृषि बिकास बैक लि बिचको सम्झौता पश्चात नेपाल रेमिट मार्फत विश्वका बिभिन्न स्थानहरुबाट बैँकिङ्ग च्यानल मार्फत पठाएको रकम देशका ७७ जिल्लामा नै सम्बन्धित व्यक्तिले बैँकको शाखा कार्यलय मार्फत सरल तरिकाबाट प्राप्त गर्न सक्नेछन् ।

Esewa
Crest

यसका साथै कृषि बिकास बैक लि. सँगको सम्झौता सँगै नेपाल रेमिट इन्टरनेशनल प्रा.लिले अब देशभर १२००० भन्दा बाढि स्थानबाट आफ्नो सेवा जनतामाझ प्रदान गर्न सक्नेछ ।

डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिने नेपाल रेमिटले विश्वका धेरै देशबाट नेपालमा रहेका थुप्रै बैँक तथा बित्तीय संस्थाहरुबाट ग्राहकका खातामा रियल टाइम नै रेमिट्यान्स भित्र्याउँदै आएको छ । जसबाट नेपालमा रेमिट्यान्स भित्राई देशको अर्थतन्त्र सुदृढिकरणमा समेत टेवा पुग्ने गर्दछ ।

यस सम्झौता संगै विदेशबाट पठाएको रकम बैँकिङ्ग च्यानल मार्फत भुक्तानी गर्न तथा सम्बन्धित व्यक्तिले रकम प्राप्त गर्न थप सहजिकरण हुने साथै यसले नेपालमा रेमिट्यान्स भित्र्याउन समेत टेवा पुर्याउने नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. का नायव महाप्रबन्धक देव वहादुर थापाले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS