IME Life New

नेपाल रेमिट र एनएमबी बैंकबीच रेमिट्यान्स भुक्तानी बारे सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र एनएमबी बैक लिमिटेडबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै विश्वका विभिन्न मुलुकबाट नेपाल रेमिट मार्फत पठाएको रकम एनएमबी बैंकको सिधै बैंक खातामा तथा एनएमबी बैंकका शाखा कार्यालय मार्फत सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ । सम्झौतापत्रमा नेपाल रेमिटको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र बैकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले हस्ताक्षर गरेका हुन् ।

नेपाल रेमिटले विगत १७ वर्ष देखि विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ । डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिँदै आएको नेपाल रेमिटले नेपालमा रहेका थुप्रै बैँक तथा बित्तीय संस्थाहरुबाट ग्राहकका खातामा रियल टाइम नै रेमिट्यान्स् भित्र्याउँदै आएको छ । जसबाट नेपालमा रेमिट्यान्स भित्राई देशको अर्थतन्त्र सुदृढिकरणमा समेत टेवा पुग्ने गर्दछ । यस सम्झौतासंगै विदेशबाट पठाएको रकम बैँकिङ्ग च्यानल मार्फत भुक्तानी गर्न तथा सम्बन्धित व्यक्तिले रकम प्राप्त गर्न थप सहजिकरण हुने नेपाल रेमिटका नायव महाप्रबन्धक देव वहादुर थापाले जानकारी दिए ।

Esewa
Crest

सन् २००८ मा नेपाल राष्ट्र बैंकद्वारा ‘क’ वर्ग वित्तीय संस्थाको रूपमा इजाजतपत्र प्राप्त गरी २० वर्षभन्दा बढी समयदेखि नेपाली वित्तीय बजारमा सञ्चालनमा रहेको एनएमबि बैंक लिमिटेड नेपालकै अग्रणी वाणिज्य बैंकहरू मध्ये एक हो । दुईसय भन्दा वढि शाखा कार्यलय र थुप्रै एक्स्टेन्सन्न काउन्टर मार्फत बैँकिङ्ग सेवाहरु जस्तै क्यूआर कोड सेवा, क्रेडिट कार्ड, डेविट कार्ड, कनेक्ट आइपिएस, ईन्टरनेट बैंकिङ आदि सेवाहरु समेत प्रदान गर्दै आएको एनएमबी बैंकले नेपालभर आफ्नो सेवा विस्तार गरेको छ । एनएमबि बैंकलाई विश्व प्रतिष्ठित दि फाइनान्सियल टाइम्स लण्डनद्वारा प्रकाशन गरिने दि बैंकर म्यागेजिनले ‘बैंक अफ दि इयर २०१७’, ‘बैंक अफ दि इयर २०१८’, ‘बैंक अफ दि इयर २०२०’ र ‘बैंक अफ दि इयर २०२१’ अवार्डको उपाधिबाट सम्मानित गरिसकेको छ । सन् २०२१ मा नेपाली बैंकिङ्ग इतिहासमै पहिलो पटक, बैंकलाई बैंक अफ द इयर २०२१ एशिया’ को उपाधिबाट समेत सम्मनित गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS