IME Life New

‘नेपाल रि’ को सञ्चालक समिति सदस्य पदमा एशियन लाइफका सिइओ श्रेष्ठ निर्वाचित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा (नेपाल रि) कम्पनीको सञ्चालक समिति सदस्य पदमा एशियन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ निर्वाचित भएका छन् । सरकारी स्वामित्वको पुनर्बीमक नेपाल रिमा संस्थापक शेयरधनी समूहको प्रतिनिधित्व गर्दै श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् ।

Esewa
Crest

बिहीबार सम्पन्न नवाैं वार्षिक साधारण सभाबाट निर्वाचित उनलाइ सञ्चालक समिति अध्यक्ष इश्वरी प्रसाद अर्यालले सञ्चालक समिति सदस्यको प्रमाण पत्र हस्तान्तरण गरेका हुन् । नेपाल रिको सञ्चालक समितिमा राष्ट्रिय बीमा कम्पनीबाट प्रतिनिधित्व गरेका शेखर बरालले राजीनामा दिएपछि संस्थापक शेयर धनी समूहतर्फको एकवटा सदस्य पद रिक्त रहेको थियो ।

एशियन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत नियुक्त हुनु केही समय अघिसम्म उनी इन्स्योरेन्सको सञ्चालक समिति सदस्य समेत रहेका थिए ।  श्रेष्ठ जीवन बीमक संघ नेपालका कोषाध्यक्ष समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

20%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS