IME Life New

नेपाल राष्ट्र बैंकले २ अर्ब ८२ करोडको नागरिक बचतपत्र बिक्री गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले करिब ३ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र २०८५ बिक्री गर्ने भएको छ। राष्ट्र बैंकले पाँच वर्षे अवधिका लागि वार्षिक १० प्रतिशत ब्याजदरमा ब्याजकर लाग्ने गरी २ अर्ब ८२ करोड १४ लाख ७० हजार रुपैयाँको नागरिक बचतपत्र बिक्रीका लागि बोलपत्र आह्वान गरेको हो।

बचतपत्रमा बैशाख २४ गतेदेखि जेठ २४ गतेसम्म बोलपत्र पेश गर्न सकिने छ। जसको निष्काशन जेठ ३० गते गरिने राष्ट्र बैंकले जनाएको छ। बचतपत्रको साँवा फिर्ता २०८५ जेठ गते हुने छ ।

Esewa
Crest

प्रत्येक छ महिनामा ब्याज दिइने उक्त बचतपत्र खरीद गर्न घटीमा १० हजार र बढीमा कुल निष्काशित रकमको सीमा नबढाई १० हजारले निःशेष भाग जाने अंक बराबरको रकमको लागि आवेदन दिन सकिने जनाएको छ ।

उक्त बचतपत्र नेपाली नागरिकले मात्र खरीद गर्न पाउनेछन् । आफुलाई पायक पर्ने वाणिज्य बैंकहरू,बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरू र काठमाडौं उपत्यका बाहिरका नेपाल राष्ट्र बैंकका कार्यालयहरूबाट बचतपत्रको ब्याज लिन सकिनेछ।

2.Citizen-Bond-2085-Suchana-Final

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS