IME Life New

नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक,विकास बैंक र फाइनान्स कम्पनीमा २ अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब ६० करोड १२ लाख, विकास बैंकहरुमा ३० करोड २ लाख र फाइनान्स कम्पनीहरुमा १० करोड गरी कुल २ अर्ब १४ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने जनाएको छ ।

कले उक्त निक्षेप २०८० जेठ ३ गतेदेखि २०८१ जेठ २ गतेसम्म ३६५ दिन अवधिको लागि लगानी गर्न लागेको जनाएको छ । उक्त निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाहरुले बैशाख १७ गतेसम्ममा ब्याजदर प्रस्ताव पेश गरिसक्नुपर्ने छ। राष्ट्र बैंकको निक्षेप लिनको लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको हुनुपर्ने छ भने राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजी कोष कायम हुनुपर्ने छ।

Esewa
Crest

त्यसैगरी,निक्षेप लिनको लागि निष्कृय कर्जा कुल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम हुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने,कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमा भित्र रहेको हुनुपर्ने,शीघ्र सुधारात्मक कारवाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पुरा भएको हुनुपर्ने,समस्याग्रस्त घोषणा भएको भए फुकुवा भएको छ महिना अवधि पूरा भएको तथा सर्वसाधारणको लागि छुट्याईएको शेयर जारी गरिसकेको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

Investment-Notice-2080.01.13

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS