IME Life New

नेपाल राष्ट्र बैंकले १ अर्ब १५ करोड मुद्दती निक्षेपमा लगानी गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले कुल १ अर्ब १५ करोड रुपैयाँ बराबर रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दती निक्षेपमा लगानी गर्न लागेको जनाएको हो । राष्ट्र बैंकले एक सूचना जारी गर्दै क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र व्याजदर प्रस्ताव गर्न आग्रह गरेको छ ।

राष्ट्र बैंकले उक्त रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न लागेको हो । राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंकमा ९२ करोड, ख वर्गका बैंकमा १७ करोड २५ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ५ करोड ७५ लाख बराबरको रकम मुद्दती निक्षेपमा राख्न लागेको हो ।

Esewa
Crest

आफूले मुद्दती निक्षेपमा लिन चाहेको रकम र प्रस्ताव गरेको ब्याजदर समेत उल्लेख गरी आवेदन दिन बैंकहरुलाई आग्रह गरेको छ । बैंकले यही साउन २५ गते राति १० बजेसम्म आवेदन दिन सक्नेछन् । राष्ट्र बैंकले उक्त रकम २०८० भदौ ३ देखि २०८१ भदौ ३ गतेसम्मको लागि मुद्दती निक्षेपमा राख्न लागेको हो ।

यस्ता छन् शर्तहरु
बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष हुनुपर्ने, बैंकको तोकिएको न्यूनतम पुँजीकोष अनुपात कायम भएको, निष्क्रिय कूल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम रहेको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने लगायतका शर्त राखिएको छ । साथै, राष्ट्र बैंकको वित्त व्यवस्थापन विभाग अवकाश कोष इकाइले तोकिएको शर्त पूरा गरेर आवेदन दिन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।

P-and-G-Investment-Notice-4-23

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS