IME Life New

नेपाल राष्ट्र बैंकले १५ अर्ब १३ करोडको ट्रेजरी बिल जारी गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब १३ करोड बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन, ९१ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।

मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ । राष्ट्र बैंकले २८ दिनको लागि रू। ५ अर्ब बराबरको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी चैत १४ गते परिपक्व हुनेछ ।

Esewa
Crest

त्यसैगरी राष्ट्र बैंकले ९१ दिनको लागि ३ अर्ब १३ करोड बराबरको ट्रेजरी जारी गर्न लागेको हो । यस ट्रेजरी २०८० जेठ १६ गते परिपक्व हुनेछ । १ वर्षको लागि ७ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यस ट्रेजरी २०८० फागुन १५ गते परिपक्व हुनेछ ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS