IME Life New

नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा पुनः डा.पुन नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो ब्राण्ड एम्बास्डरमा डा. महावीर पुनलाई पुन नियुक्त गरेको छ । बैंकले २०७६ मा पहिलो पटक डा. पुनलाई बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको छ । बैंकले डा.पुनसँगको सम्झौता थप एक वर्षका लागि लम्ब्याएको हो ।
बैंकले बैशाख १२ गते नेपाल बैंक लिमिटेडको प्रधान कार्यालय काठमाडौंमा एक कार्यक्रम आयोजना गरेको थियो । उक्त समारोहमा बैंकका कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र डा. पुनबीच उक्त ब्राण्ड एम्बास्डर नविकरण सम्बन्धी सम्झौता भएको हो ।

ब्राण्ड एम्बास्डरमा नियुक्त ब्राण्ड एम्बास्डर डा.पुनले नेपाल बैंक जस्तो नेपालको बैंकिङ क्षेत्रको गौरवमय इतिहास बोकेको संस्थामा ब्राण्ड एम्बास्डरको पमा पुन नियुक्त हुन पाएकोमा खुशी व्यक्त गरे । उनले नेपाल बैंकले देखाएको सम्मान र सहयोगप्रति आभार व्यक्त गर्दै बैंकको श्री बृद्धिमा आफ्नो सक्दो योगदान रहने बताए । प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले डा.पुन जस्तो विशिष्ट व्यक्तित्व साथै आम नेपालीको प्रेरणाको श्रोतलाई बैंकको ब्राण्ड एम्बास्डरको रुपमा निरन्तरता दिन पाउनु आफैमा गर्वको कुरा भएको बताए । साथै डा. पुनले नेपाल बैंक नै छनौट गरेकोमा उनी प्रति हार्दिक आभार व्यक्त गरे ।

Esewa
Crest

बैंकले नेपालभर २२८ शाखाहरु, २०३ एटिएम साथै ५२ एक्सटेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS