IME Life New

नेपाल बैंकका ग्राहकले दराजबाट सामान खरिद गर्दा २०% सम्म छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंक लिमिटेडका ग्राहकले दराजमार्फत सामान खरिद गर्दा २० प्रतिशतसम्म छुट पाउने भएका छन्। बैंकले आफ्नो ८६ औँ वार्षिक उत्सवको अवसरमा दराजको ११.११ अभियानमा सहकार्य गरेको हो।

नेपाल बैंकमा खाता रहेका ग्राहकले डेविट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानी गरि दराजबाट सामान खरिद गरेको खण्डमा यो अफर पाईने बैंकले जनाएको छ। बैंकका अनुसार यसको लागि ग्राहकहरुले आफ्नो कार्ड ई–कमर्सको लागि सक्रिय गर्नुपर्नेछ।

Esewa
Crest

यसका लागि बैंक र दराजबीच बिहिबार सम्झौता भएको हो। सम्झौता पत्रमा बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कँडेल र दराजको तर्फबाट पेमेन्ट तथा पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका हुन्।

उक्त सम्झौता अनुसार डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा रु २,५०० सम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा रु ३००० सम्मको छुट ग्राहकले प्राप्त गर्न सक्नेछन्। बैंकको बार्षिकोत्सव यहि कार्तिक ३० गते आउदै छ। भने यो अफर कार्तिक २५ गतेदेखि मंसिर ३ गतेसम्म लागू हुनेछ।

बैंकले हाल नेपालभर २२१ शाखाहरु, १९८ एटिएम साथै ४९ वटा एक्टेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS