IME Life New

नेपाल फाइनान्सको नाफा र प्रतिशेयर आम्दानी दुबै घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार फाइनान्सको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै घटेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले २ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ४७ दशमलव १३ प्रतिशतले कमी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

Esewa
Crest

यस समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी सामान्य बृद्धि भएको छ भने सञ्चालन मुनाफा घटेको छ । यस अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी १८ दशमलव ४२ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ५१ दशमलव २९ प्रतिशत घटेको छ।

असार मसान्तसम्ममा फाइनान्सको वितरणयोग्य मुनाफा २१ करोड ३ लाख रुपैयाँ ऋणात्मक रहेको छ। ७२ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस फाइनान्सको जगेडा कोषमा २६ करोड ९४ लाख रुपैयाँ सञ्चित रहेको छ। यस अवधिमा फाइनान्सको निक्षेप १२ दशमलव १५ प्रतिशत बढेको छ भने कर्जा लगानी ३२ दशमलव ०७ प्रतिशत बढेको छ।

यस अवधिमा फाइनान्सको प्रतिशेयर आम्दानी ३ रुपैयाँ १७ पैसा घटेर ३ रुपैयाँ ५३ पैसामा सिमित भएको छ। पहिला ६ रपैयाँ ७० पैसा थियो ।  असार मसान्तसम्ममा फाइनान्सको मूल्य आम्दानी अनुपात ९९.४३ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ४ पैसा रहेको छ। फाइनान्सको निष्क्रिय कर्जा १४.०७ प्रतिशतबाट घटेर १२.१६ प्रतिशतमा झरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS