IME Life New

नेपाल पुनर्बीमाले जीवन बीमाको पुरानो व्यवसाय निरन्तर पाउने, वार्षिक ८० करोड रुपैयाँ सुनिश्चित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले जीवन बीमा कम्पनीहरुसँग गर्दै आएको व्यवसाय निरन्तर पाउने भएको छ । नेपाल बीमा प्राधिकरणले सम्पुर्ण जीवन बीमा कम्पनीलाई २०७९ असोज २७ गते भन्दा अगाडीको व्यवसाय नेपाल पुनर्बीमा कम्पनीसँगै नविरकण गर्न निर्देशन दिएको छ ।

बीमा प्राधिकरणले नेपाल पुनर्बीमा कम्पनीले पाउदै आएको २० प्रतिशत प्रत्यक्ष हिस्सा मध्ये १० प्रतिशत हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई दिनु पर्ने निर्णय गरेको थियो । उक्त निर्णय हुनु भन्दा अगाडीको व्यवसायमा भने हिमालयन रि इन्स्योरेन्स कम्पनीले दाबी गर्न पाउने छैन । यस सँगै नेपाल पुनर्बीमा कम्पनीको ८० करोड रुपैयाँको व्यवसाय सुनिश्चित भएको छ ।

Esewa
Crest

नेपाल पुनर्बीमा व्यवसाय सम्बन्धका आधारमा चलेको हुन्छ । जसले बीमा कम्पनीहरु सँग राम्रो सम्बन्ध बनाउछन् उनिहरुले तुलनात्मक रुपमा व्यवसाय खिच्न सक्छन् । नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको कार्यशैलीलाई लिएर धेरै बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुले गुनासो गर्ने गरेका छन् । कम्पनीलाई व्यवसाय दिन चाहेता पनि उनको व्यक्ति व्यवहारका कारण असहज हुने गरेको उनिहरुको गुनासो छ ।

सरकारले पुनर्बीमा मार्फत वर्षेनी अर्बौ रुपैयाँ बाहिरिएको भन्दै नेपाली पुनर्बीमा कम्पनीलाई कुल व्यवसायको २० प्रतिशत जोखिम दुई पुनर्बीमा कम्पनीमा पठाउनै पर्ने बाध्यात्मक व्यवस्था गरिएको छ । हिमालयन रि बजारमा नआउन्जेलसम्म खासै समस्या दिएन तर प्राधिकरणले निजी स्तरबाट सञ्चालित हिमालयन रिले पनि आफुलाई पनि व्यवसाय सुनिश्चित गर्नु पर्ने भन्दै सरकार सँग लविङ गरे पछि प्रत्यक्ष हिस्सामा बराबरी हिस्सा रहेको हो ।

प्राधिकरणले प्रत्यक्ष हिस्साका अतिरिक्त बाँकी व्यवसाय पनि नेपाली पुनर्बीमा कम्पनीलाई दिनु पर्ने भन्दै गएको असोजमा निर्णय गरेको थियो । सो निर्णयमा यदि स्वदेशी पुनर्बीमा कम्पनीले अस्वीकार गरे भने मात्रै विदेशी पुनर्बीमा कम्पनीलाई व्यवसाय दिन पाउने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

20%
excited

उत्साहित

20%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS