IME Life New

नेपाल निर्जीवन बीमा व्यवसायी संघको वार्षिक साधारणसभा सम्पन्न, बीमा क्षेत्रका समस्या समाधानका लागि सुझाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  नेपालका निर्जीवन बीमा कम्पनीहरुको लगानीकर्ताहरुको छाता संगठन नेपाल निर्जीवन बीमा व्यवसायी संघको पाचौं वार्षिक साधारणसभा गत चैत्र ६ गते शुक्रवार सम्पन्न भएको छ । सभामा हाल बीमा क्षेत्रका नीतिगत समस्याहरू, नयाँ बीमा विधेयक, एक्च्युरीको अभाव, कोभिड-१९ लगायतका बिभिन्न कारणहरूबाट उत्पन्न जोखिमहरू, पुनर्बिमा कम्पनीहरूको अबस्था, बीमा व्यबसायमा देखिएका बिभिन्न कठिनाइहरुको गहिरो छलफल गर्नुका साथै यस क्षेत्रको बिकासको लागि गर्नुपर्ने काम तथा संस्थाले लिनुपर्ने पहलकदमीका बारेमा छलफल गरी सुझावहरु आएका छन् ।

सभामा कार्यसमितिका अध्यक्ष राजेन्द्र मल्लले संस्थाको प्रगति विवरण, कोषाध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले पेश गरेको संस्थाको वित्तीय विवरण पारित भएको छ । यस संस्थामा बीमा कम्पनीहरुका अध्यक्ष वा संचालकको प्रतिनिधित्व हुने व्यवस्था विधानले गरेको छ ।

Esewa
Crest

सभामा संस्थाको कार्यसमितिका अध्यक्ष  राजेन्द्र मल्ल (प्रभु इन्स्योरेन्स), उपाध्यक्ष मनोहर दास मुल (लुम्बिनी जनरल इन्स्योरेन्स), कोषाध्यक्ष  राजेन्द्रप्रसाद श्रेष्ठ (शिखर इन्स्योरेन्स), सदस्य महेन्द्र कृष्ण श्रेष्ठ (हिमालयन जनरल इन्स्योरेन्स), सदस्य पवन अग्रवाल (सिद्धार्थ इन्स्योरेन्स) र स्थायी आमन्त्रित सदस्य बालकृष्ण श्रेष्ठ (प्रिमियर इन्स्योरेन्स) का साथै सदस्य कम्पनीहरुबाट रोहित कुमार भट्टराई (अध्यक्ष-नेको इन्स्योरेन्स),  हेमराज ढकाल (अध्यक्ष-आईएमई जनरल इन्स्योरेन्स),  आजाद श्रेष्ठ (अध्यक्ष-अजोड इन्स्योरेन्स),  उमेश चन्द्र उपाध्याय (अध्यक्ष-राष्ट्रिय बीमा कम्पनी),  कुनाल कयाल (अध्यक्ष-जनरल इन्स्योरेन्स),  प्रेदिद सुब्बा (संचालक-युनाइटेड इन्स्योरेन्स), दिलिप श्रेष्ठ (संचालक-सानिमा जनरल इन्स्योरेन्स), गजेन्द्र लाल श्रेष्ठ (संचालक-सगरमाथा इन्स्योरेन्स), डा. भरत थापा (संचालक-एनएलजि इन्स्योरेन्स), पूर्व महासचिव रमेश कुमार निरौला र सचिवालयका सचिव देवेन्द्र कोइरालाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS