IME Life New

नेपाल एसबिआई बैंकद्धारा जनता आधारभूत विद्यालयका विद्यार्थीहरुलाई सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एसबिआई बैंकले अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर विद्यार्थीहरुलाई सहयोग गरेको छ । बैंकले सिरहा जिल्लाको फुलवरिया वडा नं.७ मा रहेको जनता आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत स्कुल झोला प्रदान गरेको जनाएको छ।

नेपाल एसबिआई बैंकका प्रदेश कार्यालयका प्रमुख लेखनाथ पोखेलले विद्यार्थिहरुलाई झोला वितरण गरेका हुन् । बैंकले लिएको यस्तो पहलबाट विपन्न परिवारमा सरकारले शिक्षा क्षेत्रमा लिएका विद्यार्थी भर्ना र विद्यार्थीले स्कुल नछोड्ने कार्यक्रममा सघाउ पुग्ने विश्वास लिएको जनाएको छ ।

Esewa
Crest

कार्यक्रममा उपस्थित अभिभावकहरु बचत, लघू कर्जा, बैक खातामार्फत विप्रेषण, सहुलियत कर्जा सम्बन्धि वित्तीय साक्षरता समेत प्रदान गरिएको बैंकले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS