IME Life New

नेपाल एसबिआई बैंकले ऋणपत्र निष्काशन गर्न बोर्डबाट पायो स्वीकृति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल एसबिआई बैंक लिमिटेडलाई २ अर्ब बराबरको ऋणपत्र निष्काशन गर्न अनुमति दिएको छ । बार्डले कम्पनीलाई २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न असार २७ गते अनुमति दिएको हो । ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

अनुमति पाएसँगै कम्पनीले कुल कित्तामध्ये ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्काशन गर्नेछ भने बाँकी रहेको १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ । कम्पनीले आगामी १० वर्षका लागि वार्षिक ९ प्रतिशत ब्याजदरमा नेपाल एसबिआई बैंक डिबेञ्चर २०८९ नामक ऋणपत्र निष्काशन गर्न अनुमति पाएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS