IME Life New

नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटीले अक्सिजनको सिलिन्डर रिफिलका लागी गर्यो सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी ( निप्स ) लुम्बिनि च्याप्टरले अक्सिजनको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भन्दै भैरहवाको भिम अस्पताल मार्फत उपचारार्थ बिरामीहरूलाई अक्सिजनको सिलिन्डर रिफिलका लागी सहयोग गरेको छ । निप्स अन्तर्गत रुपन्देही जिल्लामा रहेका जीवन र निर्जिबन बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुले सयुक्त रुपमा ५० वटा सिलिन्डर रिफिलको लागी आर्थिक सहयोग गरेका हुन ।

निप्स लुम्बिनि च्याप्टरका अध्यक्ष किरण काफ्ले तथा कोषाध्यक्ष धुव्र प्रसाद कोइरालाले सयुक्त रुपमा अक्सिजन सिलिन्डर रिफिलका लागी अस्पतालका चिकित्सक डा. बद्रि बैदवारलाई ३० हजार रुपैयाको चेक हस्तान्तरण गरेका छन् ।

Esewa
Crest

चेक ग्रहण गर्दै चिकित्सक डा बैदवारले कोभिड १९ माहामारीका विरुद्धको लडाईमा अक्सिजन रिफिलको लागी आर्थिक सहभागीताको माध्यमबाट एक्यवद्धता जनाएको भन्दै धन्यवााद ज्ञापन गरे ।सो क्रममा बोल्दै निप्स लुम्बिनी च्यापटरका अध्यक्ष काफ्लेले कोभिड १९ को दोस्रो चरणको संक्रमणको कारण लुम्बिनी प्रदेशमा अक्सिजनको अत्याधिक अभाव रहेको र अक्सिजनकै अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस भनी निप्सको सामाजीक दायीत्व अन्तर्गत अक्सिजन रिफिलको लागी अस्पताल मार्फत सहयोग गरेको बताए । उनले भिम अस्पतालसँग समन्वय मिलाइदिएकोमा एलायन्स क्लव भैरहवालाई समेत धन्यवाद दिए ।

लुम्बिनी प्रदेश अन्र्तगत पनि विशेषत पछिल्लो समय रुपन्देहीमा अक्सिजनको अभावका कारण धेरैको ज्यान गएका समाचाहरु संचारमाध्यम र सामाजीक संजालमा आएपछि आफुहरु सहयोग गरेको र आगामी दिनमाा पनि सहयोगको क्रमलाई निरन्तरता दिने कोषाध्यक्ष धुव्र प्रसाद कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS