IME Life New

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सभा सम्पन्न, लाभांश सहितका एजेण्डा पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । बैंकले उक्त सभा बत्तीसपुतली स्थित अनुपम फुडल्याण्डमा सम्पन्न गरेको हो। निफ्राले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ४ दशमलव २१०५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ। साधारण सभाले उक्त प्रस्ताव अनुमोदन गरेको छ ।

सभाले सञ्चालक समितिको प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात, विस्तृत नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, पूँजीमा भएको परिवर्तन लगायत तत्सम्बन्धी अनुसूचीहरु माथि छलफल गरी पारित गरेको छ । ।

Esewa
Crest

त्यस्तै, कम्पनी ऐन २०६३ को दफा १११ र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ अनसार बैंकको लेखापरीक्षण समितिको सिफारिश बमोजिम आर्थिक वर्ष २०७९/८० को लागि बाह्य लेखापरिक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने, कम्पनी ऐन २०६३ को दफा १११(३) र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ (२) बमोजिम बहालवाला लेखापरीक्षक पुनः नियुक्त हुन योग्य हुने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन थप गर्ने, प्रबन्धपत्र र नियमावलीमा संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायहरुबाट कुनै फेरबदल थपघट संशोधन परिमार्जन गर्न वा मिलाउन वा सो सम्बन्धमा अन्य निर्देशन वा सुझाव प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रत्यायोजन गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS