IME Life New

नेपाल इन्फ्रास्ट्रक्चरको साधारण सभा भोलि, लाभांश सहित के-के छन् एजेण्डा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले मङ्सिर १० गते साधारणसभा आह्वान गरेको छ । बैंकले उक्त सभा बत्तीसपुतली स्थित अनुपम फुडल्याण्डमा गर्ने जनाएको छ । निफ्राले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ४.२१०५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ। साधारणसभाले उक्त प्रस्ताव अनुमोदन गर्नेछ ।

सभाले सञ्चालक समितिको प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात, विस्तृत नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण, पूँजीमा भएको परिवर्तन लगायत तत्सम्बन्धी अनुसूचीहरु माथि छलफल गरी स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

त्यस्तै, कम्पनी ऐन २०६३ को दफा १११ र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ अनसार बैंकको लेखापरीक्षण समितिको सिफारिश बमोजिम आर्थिक वर्ष २०७९/८० को लागि बाह्य लेखापरिक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने, कम्पनी ऐन २०६३ को दफा १११(३) र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ (२) बमोजिम बहालवाला लेखापरीक्षक श्रीM.G.S. &Associates, Chartered Accountants  पुनः नियुक्त हुन योग्य हुने प्रस्ताव पारित गर्नेछ ।

त्बैंयसैगरी कको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन थप गर्ने, प्रबन्धपत्र र नियमावलीमा संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायहरुबाट कुनै फेरबदल थपघट संशोधन परिमार्जन गर्न वा मिलाउन वा सो सम्बन्धमा अन्य निर्देशन वा सुझाव प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रत्यायोजन गर्नेछ ।

बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर १ गते बुक क्लोज गरिसकेको छ । कार्तिक ३० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS