IME Life New

नेपाल इन्फ्रास्ट्रक्चरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर १ गते बुक क्लोज गर्ने निर्णय गरेकोको छ । त्यसकारण आज कार्तिक ३० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

बैंकले मङ्सिर १० गते बत्तीसपुतली स्थित अनुपम फुडल्याण्डमा सभा गर्ने भएको छ । निफ्राले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ४ दशमलव २१०५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ। साधारणसभाले स्वीकृत गरे पश्चात उक्त लाभांश शेयरधनीमा वितरण हुनेछ।

Esewa
Crest

आर्थिक बर्ष २०७०/७२ को सञ्चालक समितिको प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको वासलात, विस्तृत नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण, पूँजीमा भएको परिवर्तन लगायत तत्सम्बन्धी अनुसूचीहरु माथि छलफल गरी स्वीकृत गर्नेछ ।

कम्पनी ऐन २०६३ को दफा १११ र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ अनसार बैंकको लेखापरीक्षण समितिको सिफारिश बमोजिम आर्थिक वर्ष २०७९/८० को लागि बाह्य लेखापरिक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने ।

९कम्पनी ऐन २०६३ को दफा (११९३) र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ (२) बमोजिम बहालवाला लेखापरीक्षक श्री M.G.S. &Associates, Chartered Accountants  पुनः नियुक्त हुन योग्य हुने प्रस्ताव पारित गर्नेछ ।

सभाले बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन थप गर्ने, प्रबन्धपत्र र नियमावलीमा संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायहरुबाट कुनै फेरबदल थपघट संशोधन परिमार्जन गर्न वा मिलाउन वा सो सम्बन्धमा अन्य निर्देशन वा सुझाव प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रत्यायोजन गर्ने लागायतका प्रस्ताव पारित गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS