IME Life New

नेपाल इन्फ्रास्ट्रकचर बैंकको संचालकमा बज्राचार्य नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राको संचालक समितिमा रत्नराज बज्राचार्य नियुक्त भएका छन् । बैंकको वैशाख १७ गते बसेको संचालक समितिको बैठकले बज्राचार्यलाई बैंकको संचालक नियुक्त गर्ने निर्णय गरेको हो ।

निफ्रामा रिक्त रहेको संस्थापक समुह तर्फको संचालक पदमा बैंकको संस्थापक ग्लोबल आइएमई बैंक लिमिटेडका प्रतिनिधि रत्नराज बज्राचार्यलाई वैशाख १७ गते देखि लागू हुने गरी नियुक्त गर्ने निर्णय बैंकले गरेको हो ।

Esewa
Crest

निफ्राले बैंकका संचालक समिति सदस्य सुमन पोखरेल (संचालक, सर्वसाधारण समुह) ले आफ्नो व्यक्तिगत कार्यव्यस्तताको कारणले संचालकको रुपमा रही जिम्मेवारी बहन गर्न असमर्थता जनाउँदै संचालक पदबाट राजिनामा दिएका थिए । उनले दिएको राजिनामालाई कम्पनीको वैशाख १८ गतेदेखि लागू हुनेगरी स्वीकृत गरेको हो ।

संचालकको नयाँ नियुक्ति र राजिनामा पश्चात निफ्राको संचालक समति देहाय बमोजिम कायम भएको छ ।

अनुज अग्रवाल (प्रतिनिधि, विशाल ग्रुप लिमिटेड), संस्थापक अध्यक्ष
श्रीकृष्ण नेपाल (प्रतिनिधि, नेपाल सरकार), संस्थापक( सदस्य
लालमणी जोशी (प्रतिनिधि, इमर्जिङ्ग नेपाल लिमिटेड), संस्थापक सदस्य
रत्नराज बज्राचार्य (प्रतिनिधि, ग्लोबल आइएमई बैंक लिमिटेड) सदस्य
शंकर प्रसाद अधिकारी, स्वतन्त्र संचालक सदस्य
लिमा अधिकारी आचार्य, सर्वसाधारण शेयरधनी सदस्य

1682999651615 (1)

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS