IME Life New

नेपालले विश्व बैंकबाट लिने भयो करिब ५३ अर्ब ऋण, सहुलियतपूर्ण ऋण प्राप्ति सम्बन्धी सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच सहुलियतपूर्ण ऋण प्राप्ति सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता अनुरुप नेपालले ५२ अर्ब ९६ करोड रुपैयाँ ऋण प्राप्त गर्ने भएको हो ।

नेपाल र विश्व बैंकबीच क्षेत्रिय यातायात तथा व्यापार आबद्धता वृद्धि तथा आवद्धता योजनाका लागि २७ करोड ५० लाख डलर अर्थात ३४ अर्ब ९६ करोड रुपैयाँको डिजिटल सम्झौता भएको विश्व बैंकले जनाएको छ । साथै १४ करोड डलर अर्थात १८ अर्ब नेपाली रुपैयाँको सहुलियतपूर्ण वित्तीय सम्झौतामा हस्ताक्षर भएको छ ।

Esewa
Crest

नेपाल सरकारको तर्फबाट अर्थमन्त्रालयका सचिव कृष्णहरि पुष्कर र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भाेसले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिन राइजरको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS