IME Life New

नेपालमै पहिलो पटक यूनियन लाइफले आयोजना गर्यो ‘मिनी क्रुज सिप’मा बीमा सम्बन्धी सचेतना कार्यक्रम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले नेपालमै पहिलो पटक मिनी क्रुज शिपमा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले फागुन १२ गते बागमती प्रदेश सांसद उत्तम जोशीको उपस्थितिमा नेपालमै पहिलो पटक पानि माथि यस्तो कार्यक्रम आयोजना गरेको हो ।

यस कार्यक्रमको परिकल्पना युनियन लाइफका प्रदेश उप प्रमुख इन्द्रराज सुवेदीले गरेका थिए । कम्पनीले सामान्यतया मासिक तथा वार्षिक स्किम बनाउदा देशभरका शाखा तथा प्रदेशिक कार्यालयलाई हुने गरी बनाउने गरेको छ । यसै सन्दर्भमा प्रदेश उप प्रमुख सुवेदीले नेपालमै अहिलेसम्म पानी माथि बीमा सम्बन्धी कुनै पनि सम्मेलन नभएको हुँदा चितवन क्षेत्रमा रहेका अभिकर्ताहरुलाई लक्षित गरेर यस्तो कार्यक्रमको प्रस्ताव गरेका थिए ।

Esewa
Crest

उनको प्रस्तावलाई कम्पनीले स्वीकृत गरे पछि चितवन क्षेत्रमा रहेका युनियन लाइफका शाखा कार्यालयले गत माघ महिनामा न्युनतम एक लाख २० हजार रुपैयाँ बीमा शुल्क संकलन गर्ने अभिकर्ताहरुलाई नेपालमै पहिलो पटक मिनी क्रुजमा आयोजना हुने बीमा सचेतना कार्यक्रममा सहभागी गराउने टार्गेट बनाएका थिए ।

कम्पनीको यस्तो स्किम पुरा गर्ने ५० भन्दा बढी अभिकर्तालाई चितवनको नारायणगढमा यस्तो कार्यक्रम आयोजना गरेको हो । उनिहरुलाई डिनर सहित एक रातको बसाइ सहित सम्मेलनमा सहभागी गराइएको थियो ।

कार्यक्रममा प्रदेश सांसद जोशी सहित टप अफ दि टेबलको उपाधि हासिल गरिसकेका बरिष्ठ एजेन्सी म्यानजेर अरुण बहादुर रानाभाट, भरतपुर शाखा प्रमुख भिमलाल पौडेल, नारायणघाट शाखा प्रमुख शिव शर्मा, चितवनमा सक्रिय युनियन लाइफका सक्रिय बीमा अभिकर्ता लगायत ५० जना भन्दा बढिको उपस्थिति थियो ।

कार्यक्रमलाई संबोधन गर्दै प्रदेश सांसद उत्तम जोशीले बीमाको माध्यमबाट गाउँ गाउँमा छरिएर रहेको पूँजीलाई एकत्रित गरेर अहिले मुलुकमा चलिरहेको तरलता अभावको अवस्थालाई पनि सहज गर्न सकिने भएको कारणले बीमा अभिकर्तालाई थप जिम्मेवार भएर काम गर्नका लागि अनुरोध गरेका थिए ।

कार्यक्रमलाई संबोधन गर्दै प्रदेश प्रमुख इन्द्रराज सुवेदीले बीमा क्षेत्रमा कार्यरत अभिकर्ताहरुलाई अभिकर्ता पेशालाई मर्यादित तथा समाजमा प्रतिष्ठित बनाउनका लागि युनियन लाइफले विभिन्न समयमा नयाँ नयाँ रचनात्मक तथा सकारात्मक कामहरु गर्दै आइरहेको बताए । यसलाई थप उचाइमा पुर्याउने क्रममा नेपालमा पहिलो पटक मिनी क्रुज शिपमा बीमा सचेतना कार्यक्रम आयोजना गरिएको उनले प्रष्ट पारे । उनले अभिकर्ताहरुलाई थप जिम्मेवार भइ बीमा क्षेत्रमा लाग्न अनुरोध गरेका छन् । पानी माथि यसरी ऐतिहासिक कार्यक्रम आयोजना गर्न पाएको भन्दै उनले खुसी व्यक्त गरे ।

कार्यक्रममा सहभागी युनियन लाइफका बरिष्ठ एजेन्सी म्यानेजर पार्वती गौलीले युनियन लाइफ इन्स्योरेन्सले विगतमा पनि नयाँ नयाँ शिर्जनात्मक कामहरु गर्दै आइरहेको र यस पटक पनि नेपालमै पहिलो पटक पानीमा बीमा सचेतना सम्मेलन आयोजना गरेको भन्दै खुसी व्यक्त गरेकी थिइन् । कम्पनीको यस्तो कार्यले अभिकर्ताहरुलाई थप जिम्मेवार भएर अगाडी बढ्न प्रेरित गरेको उनले बताइन् ।

कार्यक्रममा यूनियन लाइफका बरिष्ठ एजेन्सी म्यानेजरहरु रणबहादुर खत्री, दल बहादुर आले, रत्नाकर पंगेनी लगायतले युनियन लाइफ इन्स्योरेन्सले आफुहरुलाई उच्च स्तरको सम्मान दिएको र युनियन लाइफ इन्स्योरेन्समा काम गर्दा गर्व महशुस गरेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%
happy

खुसी

0%
sad

दु :खी

20%
amazed

अचम्मित

20%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS