IME Life New

नेपालमा बन्द गरिएको बैंकास्योरेन्स सेवा बङ्गलादेशमा शुरु गरि‌दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा विकृति देखिएपछि नेपाल राष्ट्र बैंकले रोक लगाइ दिएको बैंकास्योरेन्स सेवालाई बंगलादेशको केन्द्रीय बैंकले प्रचलनमा ल्याउने तयारी गरेको छ ।

केन्द्रीय बैंक बंगलादेश बैंक (बीबी) ले बैंकास्योरेन्स निर्देशिकालार्ई अन्तिम रूप दिएर बैंकहरु समेत बीमालेख बिक्री वितरणको संजालमा आबद्ध हुने बाटो खुला गरेको हो ।

Esewa
Crest

सबै सरोकारवालाहरूले गत महिना केन्द्रीय बैंकको मुख्यालयमा एक समारोहमा निर्देशिकालाई हस्ताक्षर गरेको स्थानीय अखबार द फाइनान्सियल एक्सप्रेसले उल्लेख गरेको छ । निर्देशिका लागू गर्नको लागी अर्थ मन्त्रालयबाट स्वीकृति प्राप्त हुन बाँकी छ । बैंकास्योरेन्ससँग सम्बन्धित निर्देशिका बंगलादेशी बीमा नियामक, आईडीआरएले समेत तयार पारेको छ । बैंकास्योरेन्स सुरु गरेपछि कूल गाहस्र्थ उत्पादनमा ०।०५ प्रतिशतभन्दा कम योगदान दिएको बीमा क्षेत्रको विस्तारमा उल्लेखनीय सुधार आउने सरकारी अपेक्षा छ ।

निर्देशिकाअनुसार बैंकले एकै समयमा तीनभन्दा बढी जीवन बीमा र तीनवटा निर्जीवन बीमा कम्पनीहरूसँग बैंकास्योरेन्स गतिविधि सञ्चालन गर्न सम्झौता गर्न पाउने छैनन् । हाल बंगलादेशमा निजी क्षेत्रमा ३४ जीवन बीमा र ४५ वटा निर्जीवन बीमा कम्पनी छन् । देशभर ६० वटा वाणिज्य बैंकका ११ हजार शाखा छन्

नेपालमा पनि राष्ट्र बैंकले बैंकहरुलाई बीमा कम्पनीसँगको सहकार्यमा जीवन बीमालेख बिक्री गर्न खुला गरेपछि बीमालेख बिक्रीवापत प्राप्त हुने कमिशनको लोभमा ऋणी ग्राहकलाई जबरजस्ती ठूलो बीमांकको बीमा गर्न बाध्य बनाउने प्रवृत्ति झ्याङिगएपछि बाध्य भएर राष्ट्र बैंकले रोक लगाइ दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS