IME Life New

नेपालमा एक्स्ट्रिम सिरिज सार्वजनिक गर्दै हिरो मोटोकर्प, के-के छन् विशेषता ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको दुईपाग्र्रे बजारमा सर्वाधिक विश्वासिलो र लोकप्रिय ब्रान्ड हिरो मोटोकर्पले रोमाञ्चक नयाँ बाइकहरु सार्वजनिक गर्ने भएको छ।

हिरो मोटोकर्पले आफ्नो नवीनतम उत्पादन एक्स्ट्रिम १२५ र एक्स्ट्रिम १६० नेपालमा सार्वजनिक गर्न लागेको हो। बहुप्रतिक्षित यी दुवै नयाँ बाइक आज गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना हुने भब्य कार्यक्रममार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ। नयाँ बाइकहरुले अटोमोबाइल प्रेमी र उद्योगका सरोकारवालालाई अविस्मरणीय अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ।

Esewa
Crest

सार्वजनिक हुने क्रममा रहेका एक्स्ट्रिम सिरिज उच्च प्रदर्शन, अत्याधुनिक विशेषता र साहसी तथा आकर्षक डिजाइनको एक उत्कृष्ट संयोजन हो। सार्वजनिक हुने तयारीमा रहेका नयाँ सिरिजका यी बाइकले नेपाली दुईपांग्रे बजारमा नयाँ मानक स्थापित गर्ने कम्पनीको दाबी छ।

एक्स्ट्रिम १२५ का मुख्य विशेषता

सिंगल च्यानल एबीएसः सुरक्षित यात्रा तथा सवारीका लागि उन्नत ब्रेकिङ प्रविधि।

श्रेणीकै सर्वाधिक तीव्रः सर्वाधिक गति र तीव्रताको समायोजनसहितको रोमाञ्चक सवारी।

फराकिलो रियर टायरः सुरक्षित यात्राका लागि स्थिरता र उत्कृष्ट नियन्त्रण प्रदान गर्न फराकिलो रियर टायरको व्यवस्था।

एलईडी हेडलाइट्सः सुदृढ दृष्य तथा यात्रामा सुरक्षार्थ नवप्रवर्तनात्मक प्रविधिसहितको एलईडी हेडलाइट्को सुविधा।

ब्लुटुथ कनेक्टिभिटीः चालकका लागि सुदृढ सहजता, सुरक्षा र मनोरञ्जन सुविधा।

एक्स्ट्रिम १६०का मुख्य विशेषता

श्रेणीकै सर्वाधिक गति क्षमताः तीव्रगतिको चाहना राख्नेका लागि विशेष रुपमा डिजाइन गरिएको यो बाइकमा रोमाञ्चक अनुभूतिका साथै सुरक्षाका लागि आवश्यक संयन्त्रको उचित ब्यवस्था गरिएको छ।

केवाईबी फ्रन्ट यूएसडी सस्पेन्सनः प्रभावकारी फ्रन्ट ब्रेकिंग प्रणालीको ब्यवस्थाले आरामदायी, नियन्त्रित र सहज यात्राको सुनिश्चितता प्रदान गर्दछ।

ब्लुटुथ कनेक्टिभिटीः चालकका लागि सुदृढ सहजता, सुरक्षा र मनोरञ्जन सुविधा।

सार्वजनिकको तयारीमा रहेको नयाँ सिरिजले हिरो मोटोकर्पको गुणस्तर, नवप्रवर्तन र उत्कृष्ट सवारी अनुभवप्रतिको प्रतिबद्धतालाई अझ प्रस्ट्याउन सघाउने कम्पनीले विश्वास लिएको छ। सहरका व्यस्त सडक होस् वा फराकिला राजमार्गमा एक्स्ट्रिम सिरिजले हरेक यात्रालाई उत्कृष्ट बनाउने कम्पनीको दावब छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS