IME Life New

नेपालको पहिलो प्राइभेट इक्वीटी फण्ड “अवसर इक्विटी” मा आकर्षण, अल्फा सहित तीन फण्ड पाइपलाइनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालकै पहिलो प्राइभेट इक्वीटी फण्ड ‘अवसर इक्वीटी’का सम्पुर्ण इकाईहरु बिक्री भएका छन् । अवसर इक्वीटी लिमिटेडले फागुन १५ गतेदेखि चैत १५ गतेसम्म निष्काशन गरेको थियो ।

विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ बमोजिम नेपाल धितोपत्र बोर्डमा दर्ता भएको नेपालको पहिलो प्राईभेट इक्वीटी फण्डले परिपत्र विधिबाट निष्काशन गरिएकोमा ४ अर्व ५० करोड भन्दा बढीका इकाईहरुको सफल विक्री भई कोष निष्काशन बन्द भएको घोषणा गरिएको छ ।

Esewa
Crest

बजारको हालको चुनौतीपूर्ण अवस्थामा समेत कोषमा लगानी गर्नका लागि कोषले अत्याधिक विश्वास प्राप्त गरेको छ । यसरी नेपालमा दर्ता भई संचालनमा आउने यस पहिलो कोषले निष्काशन तथा बिक्रीमा सफलता पाउनुलाई नेपालको प्राईभेट इक्विटी तथा भेन्चर क्यापिटल व्यवसायको इतिहासमा एउटा महत्वपूर्ण कोशे ढुङ्गाको रुपमा लिइएको फण्ड व्यवस्थापकले जनाएका छन् ।

यसै अवसरमा कोषले व्यापार बृद्धिका रणनीतिहरू कार्यान्वयन गर्न सक्ने क्षमता भएका तर स्रोत साधनको अभाव भएका नेपाली उद्योग व्यवसायमा लगानी गरी त्यस्ता क्षेत्रहरुको विकास र विस्तारमा सघाउ पुर्याई एकातर्फ देशको आर्थिक विकासमा योगदान गर्ने र अर्को तर्फ हामिलाई विश्वास गरी कोषमा लगानी गर्ने लगानीकर्ताहरुलाई उचित प्रतिफल समेत प्रदान गर्ने गरी लगानी व्यवस्थापन गर्न कोष व्यवस्थापकले हरसम्भव प्रयास गर्ने कुराको प्रतिवद्धता समेत व्यक्त गरेको छ ।

अवसर इक्विटी लिमिटेड

अवसर इक्विटी लिमिटेड सिद्धार्थ बैंक लिमिटेड, कुमारी बैंक लिमिटेड, सानिमा बैंक लिमिटेड र नेपाल बैंक लिमिटेड गरी चारवटा वाणीज्य बैंक, उच्च नेट–वर्थ भएका नेपालका प्रतिष्ठित व्यक्ति तथा नेपालको वित्तिय क्षेत्रका व्यवसायीक व्यक्तिहरुले प्रवर्धन गरी नेपाल धितोपत्र बोर्डबाट विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ बमोजिम कोष व्यवस्थापकको अनुमतिपत्र प्राप्त संस्था हो । यसको उद्देश्य असाधारण नेपाली उद्यमीहरूको पहिचान गरी त्यस्ता उद्योगको विकास र विस्तारका लागि स्वपुंजी प्रदान गर्ने र उनिहरूका नवीन र दूरदर्शी व्यापार विचारहरूलाई वास्तविकतामा परिणत गर्ने रहेको छ । संस्थाले निजी कोषहरुलाई उत्पादनशील क्षेत्रमा प्रयोग गर्ने र उद्यमशील इकोसिस्टमलाई सहयोग गर्ने लक्ष्य राखेको छ ।

रिलायबल भेन्चर, अल्फा प्लस भेन्चर र प्रभु क्यापिटलले सञ्चालन गर्ने फण्ड स्वीकृतिको चरणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS