IME Life New

नेपालको पहिलो इलेक्ट्रिक सवारी एप ईड्राइभ नेपाल सञ्चालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा पहिलो पटक इलेक्ट्रिक सवारी साधनलाई समेटेको राइड शेयरिङ एपुइड्राइभ नेपाल सञ्चालनमा आएको छ। ईड्राइभ नेपाल कम्पनी प्रालिले १४ करोड रुपैंयाको लगानीमा इलेक्ट्रिक ट्याक्सी र स्कुटरबाट सेवा शुरु गरेको हो।

अन्य सेवाभन्दा सस्तो, नयाँ गाडी, दुर्घटना बीमा, ओपिटी प्रणाली र जिपिएस प्रणाली जडान गरी निकै सुरक्षित प्रविधिका साथ सञ्चालनमा ल्याइएकोले ुइड्राइभ नेपाल एप सेवाग्राहीको आकर्षण हुने कम्पनीले जनाएको छ।

Esewa
Crest

विहिवार प्रमुख अतिथी नेकपा एमालेको प्रतिनिधि सभाका सचेतक महेश वर्तौलाले रिवन काटेर तथा बाग्मति प्रदेशका उपसभामु ख अप्सरा चापागाँई र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हरियो झन्डा फहराएर इड्राइभ एप र ट्याक्सी सेवाको उद्घाटन गरेका थिए । उक्त अवसरमा प्रमुख अतिथी वर्तौलाले भने इलेक्ट्रिक्स गाडिको प्रयोगले नेपालको विद्युतको खपत हुने, वातावरण संरक्षण हुने र पेट्रोलको खरिदमा अर्बौं रुपैंया विदेशिनबाट जोगिने हुनाले यसको भविष्य उज्वल छ।

राष्ट्रिय सभा गृहमा उद्घाटन गरेसंगै ५२ वटा नयाँ इलेक्ट्रिक्स ट्याक्सीले टुंडिखेलको एक चक्कर लगाएको थियो। हाल कम्पनी आफैले २० वटा ट्याक्सी सञ्चालनमा ल्याइसकेको छ भने थप एक सय वटा ट्याक्सी सञ्चालन गर्ने तयारी गरिसकेको र त्यो खरिद प्रक्रिया अन्तिम चरणमा पुगिसकेको कम्पनीले जनाएको छ।

साथै ईड्राइभको अभियानमा नेपालमा रहेका अन्य इलेक्ट्रिक सवारी साधनहरू पनि क्रमशस् जोडिंदै जाने कम्पनीले जनाएको छ। ईड्राइभ नेपालका अध्यक्ष राजेश मास्केले भने सेवाग्राहीहरू सुविधा सहित सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउनु ईड्राइभ नेपालको उद्देश्य हो। साथै नेपालमा रोजगारीको नयाँ अवसर, इलेक्ट्रिक सेवाको उच्च प्रयोग, वातावरण संरक्षण, थुप्रै धनराशि बिदेसिनबाट जोगाउनु ईड्राइभ नेपालको अभियान हुनेछ।

ईड्राइभको विशेषता के ?

ईड्राइभ एपको भाडा अन्य सवारी सेवा भन्दा सस्तो छ भने निकै सुरक्षित रहेको जनाइएको छ। ईड्राइभ सेवामा वान टाइम पासवर्ड ९ओटिपी० प्रणालीको प्रयोग गरिएको छ। जसले सेवाग्राही र चालक बिच पासवर्ड मेल भएपछि मात्र सेवा प्रयोग हुनेछ।

त्यसैगरी ईड्राइभ सुविधा लिने क्रममा दुर्घटना भएमा सेवाग्राहीलाई तोकिएको बीमा सुविधा प्राप्त गर्नेछन्। त्यस्तै ईट्याक्सीमा जिपिएस जडान गरिएको छ। यसले गर्दा आफ्नो सवारी साधनको सम्पूर्ण नियन्त्रण ईड्राइभ कम्पनीसंग हुनेछ र यसले सेवाग्राहीलाई थप ढुक्क बनाउनेछ। त्यस्तै कम्पनीले आफ्नै फास्ट चार्जिङ स्टेसनु स्थापना गरेको छ। जसमा पार्किङ लट सहित ट्याक्सी, स्कुटरहरू चार्ज हुनेछ।

ईट्याक्सीलाई वढावा दिनु जरुरी

उद्घाटन समारोहमा बोल्नुहुंदै प्रमुख अतिथी नेकपा एमालेको प्रतिनिधि सभाका सचेतक महेश वर्तौलाले नेपालमा इलेक्ट्रिक गाडिको प्रयोगले नेपालमै उत्पादित विजुली र र त्यसको खपत नेपालमै हुंदा आर्थिक उन्नतीमा टेवा पुग्ने बताए ।

साथै उनले एउटै कम्पनीको इलेक्ट्रिक ट्याक्सी खरिद गर्नुपर्ने गरी हाल सरकारले बनाएको नियम सच्याउन जरुरी रहेको बताउँदै भने, इ गाडी मैत्री कानुन ल्याउन हामी पहल गर्नेछौं।

त्यस्तै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालमा पेट्रोलियम पदार्थको प्रयोग भएका ट्याक्सीहरुलाई विस्थापित गर्दै ईट्याक्सीलाई सरकारले वढावा दिनुपर्ने बताए । नेपालमा १०० गाडी भित्रिँदा ७० वटा गाडी विद्युतिय हुनु खुशीको विषय रहेको भन्दै कार्यकारी निर्देशक घिसिङले पेट्रोल ट्याक्सीलाई विद्युतिय ट्याक्सीमा परिणत गर्न सरकारले सुविधा थप्नुपर्ने सुझाव पनि दिए ।

पुर्णत विद्युतबाट चल्ने यी सवारी साधनले ग्राहकलाई आरामदायी सेवा सुविधा सहित गन्तब्यमा पुर्याउनेमात्र नभई बिद्युतको खपत, पेट्रोलियम पदार्थबाट बिदेसिने रकममा राज्यको बचत, इको फ्रेन्डली र वातावरण संरक्षणलाई समेत फाइदा पुग्ने कम्पनीका अध्यक्ष राजेश मास्केले बताए ।

ईड्राइभको राइड शेयरिङ एप नेपाली सफ्टवेयर इन्जिनियरहरूले नेपालमा बनाएको पहिलो एप पनि हो। यो एप अहिले नै प्ले स्टोर तथा एप स्टोर दुबैमा डाउनलोड गर्न सकिन्छ।

रोजगारी

ईड्राइभ नेपाल प्रालिले महिला चालकहरूलाई विशेष सहुलियत प्रदान गरेको छ। त्यस्तै आफै गाडी मालिक बन्नेहरुकालागि पनि योजना कम्पनीसँग छ। इलेक्ट्रिक सवारी खरिद गरी सञ्चालन गर्न चाहना राखेका तर आर्थिक अवस्था कमजोर रहेकालाई कम डाउन पेमेन्टमा ट्याक्सी खरिद गर्नका लागि कम्पनीले सुविधा दिनेछ। साथै एपमा आबद्ध सवारी चालकले कमिसन प्रतिशत कम मात्र बुझाउनुपर्नेछ।

इलेक्ट्रिक सेवाको प्रयोग र बचत
काठमाडौँ उपत्यकामा पेट्रोलबाट चल्ने १६ हजार ट्याक्सी दर्ता छन्। त्यसमा दैनिक १२ हजार ट्याक्सी सञ्चालनमा आएको देखिन्छ। जसले दैनिक अनुमानित ३ करोड ६ लाख नेपाली रुपैंया बराबरको पेट्रोल खपत गरिरहेको सर्वेक्षणले देखाएको छ।

पेट्रोलका यी सबै ट्याक्सी ई ट्याक्सी हुने हो भने १२ हजार ट्याक्सीले दैनिक २४ लाख रुपैंया बराबरको विद्युत् खपत गर्नेछ। त्यसो हुँदा दैनिक २ करोड ८२ लाख रुपैंया बचत हुनेछ। यसले प्रति महिना ८४ करोड ६० लाख रुपैंयाको बचत हुने देखिन्छ।

अर्थात् मासिक ९१ करोड ८० लाख रुपैंया बराबरको पेट्रोल खरिदबाट बिदेसिने रकम बचत हुनेछ। भने अर्कोतर्फ विद्युत् उत्पादनमा फड्को मार्दै गरेको नेपालको विद्युतको नेपालमै राम्रो खपत हुनेछ।

ग्रिन सिटी क्लिन सिटी

प्रदूषणमुक्त सहरु सबैको साझा अभियान हो। यस अभियानमा इलेक्ट्रिक सवारीले विश्वमा नै प्राथमिकता पाइरहेको अवस्थामा ईड्राइभ नेपाल पनि ुप्रदूषणरहित सुन्दर सहरको अवधारणामा जोडिएको छ। इलेक्ट्रिक सवारीको प्रयोगले वातावरण संरक्षणमा प्रत्यक्ष योगदान पुग्नेछ।

काठमाडौँ महानगरपालिकाको ग्रिन सिटी क्लिन सिटी अवधारणालाई अगाडि सारेको छ। महानगरको अवधारणमा ई ड्राइभ नेपालले पनि सहयोगी भूमिका निभाउने कम्पनीको विश्वास छ।

मुख्यतः सेवाग्राहीहरू सुविधा सहित सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउनु ईड्राइभ नेपालको उद्देश्य हो। साथै ई ड्राइभ नेपालको अभियान विशुद्ध व्यापार मात्र नभएर नयाँ नेपाल बनाउने अभियानको एउटा सारथि हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS