IME Life New

नेको इन्स्योरेन्सले किन्यो जनकपुरको कबड्डी टिमको फ्रेन्चाइज

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमक नेको इन्स्योरेन्सले आसन्न नेपाल कबड्डी लिगमा सहभागी हुने तयारीमा रहेको जनकपुर कबड्डी टोलीको फ्रेन्चाइज खरिद गरेको छ।

इन्स्योरेन्स र नेपाल कबड्डी एशोसिएशनबीच जनकपुर कबड्डी टोलीको फ्रेन्चाइज अधिकार सम्बन्धमा बुधबार सम्झाैता भएको हो। संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत नेको इन्स्योरेन्सले नेपाल कबड्डी लिगका लागि जनकपुर कबड्डी टोलीको स्वामित्व ग्रहण गरेको हो । दुबै संस्थाबीच कति रकममा यो सम्झाैता भएको हो भन्ने विषय सार्वजनिक जानकारीमा ल्याइएको छैन।

Esewa
Crest

कार्यक्रममा प्रमुख कार्यकारी खड्काले इन्स्योरेन्सले जनकपुर कबड्डी टोलीसँगको सहकार्य नेपालको बीमा क्षेत्रका लागि नै उदाहरणीय बन्ने विश्वास व्यक्त गरे । उनले निकट भविष्यमै इन्स्योरेन्सले स्पोर्टस क्लब स्थापना गरेर खेलाडीहरूलाई रोजगारी दिने घोषणा समेत गरे ।

प्राधिकरणका निर्देशक सुवेदीले खेलकुद क्षेत्रको प्रवर्द्धनका लागि नीतिगत तहबाट प्राधिकरणले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले कर्पोरेट संस्थाले फ्रेन्चाइजमा लगानी गर्दा खेलाडीलाई सहयोगको साथै राष्ट्रको नाम राख्न संभव बनाउने खेलकुदको प्रवर्द्धनमा पनि महत्वपूर्ण सहयोग पुग्ने बताए ।

जीवन बीमक संघ नेपालका अध्यक्ष पोषक राज पाैडेलले खेलकुद सबैको गर्व र सबैलाई एकजुट बनाउने गतिविधि भएको उल्लेख गर्दै नेको इन्स्योरेन्सले कबड्डीमा लगानी गरेर समग्र बीमा क्षेत्रको प्रतिनिधित्व गरेकोमा बधाई ज्ञापन गरे।

फ्रेन्चाइज खरिदबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा नेको इन्स्योरेन्सका अध्यक्ष रमेश निराैला, निर्देशक सुशिल देव सुवेदी, नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री, जीवन बीमक संघ नेपालका अध्यक्ष पोषक राज पाैडेल, एस्ट्रोनिक्स म्यानेजमेण्टका अध्यक्ष अमित कुमार बेगानी, इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का, टोलीका  खेलाडी लगायतको उपस्थिति रहेको थियो।

दशरथ रंगशालामा यही शुक्रबारदेखि शुरू हुने लिगमा थाइल्यान्ड र बंगलादेशबाट सर्वाधिक समान ६ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । लिगमा सहभागी ६ फ्रेन्चाइज टोलीले ड्राफ्टबाट खेलाडी छनोट गरिसकेका छन् ।

आयोजक नेपाल कबड्डी संघका अनुसार लिगमा स्वदेशी ६६ र विदेशी १८ खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका अध्यक्ष अमितकुमार बेगानीले जानकारी दिएका छन् ।

पहिलो सिजनमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाडौं माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स बुटवल र धनगढी वाइल्डक्याट्सले प्रतिस्पर्धा गर्नेछन् । राउन्ड रोबिन लिगको शीर्ष चारमा रहने टोली नकआउट चरणमा प्रवेश गर्नेछन् । इलिमिनेटर र क्वालिफायर खेल्दै फाइनल खेल्ने दुई टोलीको टुंगो लाग्नेछ । लिगमा कुल १९ खेल हुनेछन् । काठमाडौं र पोखराबिच उद्घाटन खेल हुनेछ ।

१८ माघसम्म चल्ने नेपाल कबड्डी लिगमा प्रत्येक टोलीले फ्रेन्चाइज शुल्क ३५ लाख रूपैयाँ आयोजकलाई बुझाएका छन् । गत वर्ष नै भारतको प्रो कबड्डीबाट प्राविधिक जनशक्ति ल्याएर नेपाल कबड्डी लिगमा सहभागी हुने खेलाडीलाई तयार पारेको हो । शुक्रबारदेखि सुरु हुने लिगका लागि खेलाडीलाई प्राविधिक निर्देशक, मेन्टर र ६ जना प्रशिक्षकबाट काठमाडौंको चमतीमा प्रशिक्षण जारी छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS