IME Life New

नेको इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।नेको इन्स्योरेन्स कम्पनीले मानव स्वास्थ्य सतर्कता अभियान नामक संस्थामा खाद्यान्न वितरण गरेको छ ।कम्पनीले आफनो ब्यवसायको साथ साथै समाज प्रतिको आफनो कर्तब्य सम्झिदै सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको जनाएको छ।

कम्पनीको केन्दि«य कार्यालय लगायत काठमाडौं उपत्यका भित्रका शाखाहरुमा कार्यरत कर्मचारीले रकम संकलन गरी हाल कोभिड १९ को संक्रमणबाट सुरक्षित रहनको लागि उक्त सहयोग गरेको हो ।
कम्पनीले सिफल, गौशाला आसपास रहेका बालआश्रमका बालबालिका, गलैंचा मजदुर, यातायात मजदुरहरुलाई विहान बेलुका हातमुख जोर्न समस्या परेको भनी मानव स्वास्थ्य सतर्कता अभियान नामक संस्थाले गरेको अनुरोधलाई मध्यनजर गर्दै बालआश्रमका ९२ जना तथा १०६ परिवार मजदुरका ४२० जना गरी करिब ५१५ जनालाई १० दिनको लागि आवश्यक पर्ने खाद्यान्न (चामल, दाल, नुन, चाउचाउ) सहयोग प्रदान गरेको जनाएको छ।

Esewa
Crest

यसअघि कम्पनीका प्रमुख कार्यकारी अधिकृतले आफनोे एक महिनाको पारिश्रमिक बराबरको रकमबाट किर्तिपुरमा करिब ८ सय विद्यार्थीहरुलाई १५ दिनको लागि आवश्यक पर्ने खाद्यान्न वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS