IME Life New

निर्धन लघुवित्तद्वारा बीमा क्षतिपूर्ति रकम वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । नक्सालमा केन्द्रीय कार्यालय रहेको निर्धन उत्थान लघुवित वित्तीय संस्था लिमिटेडको पाँचकन्या शाखा धरान सुनसरीले बीमा क्षतिपूर्ति रकम वितरण गरेको छ ।

संस्थाले धरान उमनपा–१७ रेल्वेमा गठन भएको रेल्वे महिला स्वावलम्वी समुहकी सदस्य जंगलीदेवी बहरदारको मृत्यु पश्चात निजका छोरा विजय बहरदारलाई आज एक कार्यक्रमबीच बीमा क्षतिपूर्ति रकम हस्तान्तरण गरेको हो ।

Esewa
Crest

धरान उमनपा–१७ वडाकी वडा सदस्य मीना लावती तथा शाखा कार्यालय पाँचकन्याका लेखापाल अमर शाहीले मृतकका छोरा विजय बहरदारलाई बीमा वापतको रकम ९७ हजार पाँच सय रुपैया संयुक्त रुपमा प्रदान गरे । वडा सदस्य मीना लावतीले ग्रामिण कर्जा बीमा कार्यक्रम अत्यन्तै प्रभावकारी रुपमा सञ्चालन गरेको साथै लघुवित्त संस्थाले स्थानीय महिलाहरुको समूह बनाई उक्त समुहमार्फत बीना धितो कर्जा प्रवाह गर्दै उनीहरुको जिवनस्तरमा सुधार गरेको बताए ।

सस्थाका अनुसार निज सदस्य जंगलीदेवी बहरदारले सस्थाबाट ७५ हजार कर्जा लिएकोमा निजको २०७६ कात्र्तिक १ गते कालगतीले मृत्यु भएकोले सस्थाको नियमअनुसार पाइने काजक्रिया खर्चसहित १ सय ३० प्रतिशत बीमा क्षतिपूर्ती रकम ९७ हजार पाँच सय रुपैया प्रदान गरेको शाखाका कर्मचारी चुडामणी पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS