IME Life New

निर्धन उत्थान लघुवित्त लूटपाट प्रकरण, बीमा दाबी सिद्धार्थ इन्स्योरेन्समा हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको मुडे शाखामा कार्यरत महिमा अर्यालमाथि भएको आक्रमण र नगद लूटपाटको घटनाको बीमा दावी सिद्धार्थ इन्स्योरेन्समा हुने भएको छ ।

गत बुधबार समुहमा उठेको रकम लिई कार्यालय फर्कदै गर्दा बाटोमा नै अज्ञात समुहबाट आक्रमणमा परेको अर्यालको भने बीमा दावी जीवन बीमा कम्पनी मेट लाईफमा हुने कम्पनीका एक अधिकारीले इन्स्योरेन्स खवरलाई बताए ।

Esewa
Crest

सिन्धुपाल्चोकको विकट मुडे शाखामा कार्यरत अर्याल बैंकको समुहबाट काम सकेर कार्यालय फर्किदै गर्दा बुधबार विहान साढे १० तिरको समयमा लिसंखुपाखर–४ मा आक्रमणकारीको सिकार हुन पुगेका थिए ।

आक्रमणकारीले अर्यालसँग भएको एक लाख ८५ हजार रुपैयाँ लुटेराले लुटेर लगेको प्रहरीले जनाएको छ । साथै लुटेराले अर्यालसँग भएको मोबाइल लुटेका थिए ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको लुटिएको रकमको बीमा दाबी सिद्धार्थ इन्स्योरेन्समा हुने सो वित्तिय संस्थाका एसिष्टेन्ट म्यानेजर पुस्कर सुवेदीले बताए । उनले भने, ‘आक्रमण भएको खवर मात्रै आएको छ, प्रहरी प्रतिवेदन समेत समावेश गरी बीमा कम्पनीमा दावी गर्छौ ।’

त्यस्तै आक्रमणमा परी घाईते रहेका अर्यालको औषधोपचार खर्च मेट लाइफ इन्स्योरेन्समा दावी गरिने कम्पनीले जनाएको छ । जीवन बीमा अन्तर्गतको स्वास्थ्य बीमा प्याकेजमा उपचार खर्च दावी गर्ने कम्पनीको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS