IME Life New

निर्धन उत्थान लघुवित्त पनि एनसीएचएलमा आबद्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्था बीच सम्झौता भएको छ ।

सम्झौता पत्रमा निर्धन उत्थान लघुवित्तका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत जनार्दन देव पन्त र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

उक्त सम्झौता पश्चात निर्धन उत्थान लघुवित्तको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडी नेशनल पेमेन्ट स्वीच अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछ ।

यस अन्तर्गत निर्धन उत्थान लघुवित्तले एनसिएचएल आइपिएस र कनेक्ट आइपिएस प्रणालीहरु मार्फत आफ्ना बचत निक्षेप, कर्जाको किस्ता संकलन लगायतका विभिन्न संकलनका करोबारहरु तथा तलब, भेण्डर भुक्तानी, कर्जा निकासा, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायतका विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबारहरु आफ्ना तथा लाभग्राहीहरुका बैंक खाताहरु बीच सोझै गर्न सक्नेछ ।

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपिआईमा हाल ५५ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने अन्य पिएसपी पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध/सरकारी संस्थाहरु लगायतका ८० गैर/बैंकिङ्ग संस्थाहरु इन्डाइरेक्ट । प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।

यस लघुवित्तले ७७ वटा जिल्लामा १८५ शाखाहरु फैलाएको छ र ४०२,४१४ घरदुरी ओगटेको छ । निर्धन उत्थानले विभिन्न सरोकारवालाहरुलाई प्राविधिक सहयोग सहित गुणस्तरीय वित्तीय सेवा उपलब्ध गराउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS