IME Life New

निर्धन उत्थान लघुवित्तले दियो केन्द्र परिचालकहरुलाई क्षमता अभिबृद्धि तालिम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्धन उत्थान लघुबित्त वित्तीय संस्था लिमिटेडको क्षेत्रिय कार्यालय भैरहवाको आयोजनामासाल भाद्र ६ गते भैरहवा स्थित पिस नाईट पार्टी प्यालेसमा “Capacity Bulding Training of Center Mobilizer” तालिम सम्पन्न गरेको छ ।

तालिममा बिभिन्न १९ वटा शाखा कार्यालयका २६ जना केन्द्र परिचालकहरुको उपस्थिती रहेको थियो ।

Esewa
Crest

उक्त तालिम कार्यक्रममा केन्द्र परिचालकको भुमिका र सदस्य तथा ऋणी बृद्धी गर्ने तरिका बारेमा कार्यक्रम अधिकृत प्रेम प्रसाद सुबेदीले तालिम दिएका थिए भने कार्यक्रम अधिकृत पुर्ण बहादुर खड्काले सहभागीहरुलाई परियोजना बिश्लेषण तथा कर्जा सदूपयोगिता बारेमा जानकारी दिएका थिए ।

त्यस्तै, क्षेत्रिय कार्यालयका क्षेत्रिय प्रवन्धक शम्भु न्यौपानेले गत बर्षको केन्द्र परिचालकहरुको कार्यसम्पादन बारेमा प्रस्तुती दिंदै गत बर्ष राम्रो कार्यसंपादन गर्ने केन्द्र परिचालकहरु सरिता कूमारी थारु, सोनी थारु र लक्ष्मी न्यौपानेलाई हौशला स्वरुप मायाको चिनो प्रदान गरेका थिए ।

केन्द्रिय कार्यालयका ब्यवस्थापक जग्य प्रसाद पन्तले सहभागिलाई अवको युग भनेको प्रबिधिको युग भएकाले केन्द्रको कारोवार ट्याबलेटको माध्यमबाट गर्दा हिसाब किताबमा शुद्धता आउने, कार्य संपादन छिटो छरितो हुने बारेमा आफ्नो प्रस्तुती दिएका थिए ।

हाल निर्धन उत्थान लघुबित्तको १९ अर्व ६४ करोड लगानीमा रहेको, ११ अर्व ५ करोड ग्राहकहरुको बचत तथा निक्षेप संस्थामा रहेको र नपुग लगानीको स्रोत बिभिन्न बैंक तथा बित्तिय संस्थाबाट कर्जा सापटी दिई ग्राहकहरुको आवश्यकता पुरा गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS