IME Life New

निर्धन उत्थान लघुवित्तको साधारण सभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको एक्काइसौंं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका संचालक समितिका अध्यक्ष शरद निधि तिवारीको सभापतित्वमा सम्पन्न साधारण सभामा अध्यक्ष तिवारीले आ.व. २०७५/७६ को वार्षिक प्रतिवेदन पेश गरेका थिए ।

सभाले सामान्य प्रस्ताव तर्फ आ.व. २०७५/७६ वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७६ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७५/७६ को नाफा नोक्सान हिसाब, सोही अवधिको नाफा नोक्सान बाँडफाँड हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु, संचालक समितिले प्रस्ताव गरे बमोजिम संस्थाको मिति २०७६ आषाढ मसान्तको चुक्ता पूँजी १ अर्ब २० करोडको १५.५३ प्रतिशतले हुन आउने १८,६३,१५,७८९ नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

Esewa
Crest

सभामा लेखापरीक्षण समितिबाट सिफारिस भए बमोजिम आर पराजुली एण्ड एसोसियट्स, चार्टर्ड एकाउण्टेण्टस्लाई लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित भएको छ ।

त्यसै गरी विशेष प्रस्ताव तर्फ संचालक समितिबाट सिफारिस तथा नेपाल राष्ट्र बैंकबाट वितरण गर्न स्वीकृति भए बमोजिम आ.व. २०७५/७६ को मुनाफाबाट हाल कायम संस्थाको चुक्ता पूँजीको २५ प्रतिशतले हुन आउने रु. ३० करोड बराबरको बोनस शेयर जारी गर्ने, संस्थाको जारी तथा चुक्ता पूँजी वृद्धि प्रस्तावित बोनस शेयर जारी भएपश्चात पूँजी वृद्धि हुने भएकोले सोही बमोजिम संशोधन गर्ने, संस्थाको प्रवन्धपत्रमा आवश्यक संशोधन गर्ने लगायतका प्रस्तावहरु सर्वसम्मतिबाट पारित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS