IME Life New

निर्धन उत्थान लघुवित्तको नाफासँगै प्रतिशेयर आम्दानी पनि घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ३ करोड २५ लाख रुपैयाँ नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ८३ दशमलव ८८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २० करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा कम्पनकिो जगेडा कोषको आकार २ अर्ब ५७ करोड ९ लाख रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीको निक्षेप तथा सापटी १ दशमलव ६४ प्रतिशत बढेको छ । कर्जा २ प्रतिशतले घटेको छ।

Esewa
Crest

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६ दशमलव ९६ प्रतिशतले घटेको छ । लघुवित्तको कुल सञ्चालन आम्दानी १० दशमलव ५० प्रतिशत घटेको छ । सञ्चालन मुनाफा ८३ दशमलव ८८ प्रतिशतले घटेको छ।

यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ४१ रुपैयाँ ७२ पैसा घटेर ५ रुपैयाँ ९३ पैसामा झरेको छ। असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात १५३.६४ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ ११७ रुपैयाँ १२ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS