IME Life New

निर्जीवन बीमापछि पुनर्बीमा कम्पनीमा पनि लगानी बिस्तार गर्दै एशियन लाईफ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समयमा लगानी विविधतालाई प्राथमिकता दिएको जीवन बीमा कम्पनी एशियन लाईफ इन्स्योरेन्सले नेपाल पुनर्बीमा कम्पनीको थप स‌ंस्थापक शेयर खरिद गरेको छ। एशियन लाईफले प्रभू इन्स्योरेन्सको स्वामित्वमा रहेको स‌ंस्थापक शेयर बोल कबोल प्रकृयाबाट खरिद गरेको हो ।

नेपाल पुनर्बीमा कम्पनीका अनुसार एशियन लाईफले प्रभू इन्स्योरेन्ससँग रहेको १९ लाख ७९ हजार ४२४ कित्ता स‌ंस्थापक शेयर खरिद गरेको हो । प्रभू इन्स्योरेन्सले प्रति कित्ता २८० रुपैयाँ न्यूनत्तम बिक्री मूल्य तोकेको थियो । नेपाल पुनर्बीमाको संस्थापक शेयरधनीमध्येलाई नै प्राथमिकता दिने शर्त रहेकाले स‌ंस्थापक शेयरधनीमध्ये एशियन लाईफले मात्र २८० रूपैयाँका दरले प्रस्ताव दर्ता गराएपछि बिक्रीमा राखिएका सबै शेयर एशियन लाइफले पाएको हो । नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनत्तम चुक्ता पूँजी पुर्याउनका लागि बाध्यताका बीच प्रभू इन्स्योरेन्सले नेपाल पुनर्बीमाको स‌ंस्थापक शेयर बिक्री गर्न बाध्य भएको हो।

Esewa
Crest

एशियन लाइफले यसअघि गत बिहीबार विशाल ग्रुपको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर खरिद गरेको थियो । विशाल ग्रुपले बिक्रीमा राखेको स‌ंस्थापक शेयर ब्रोकर नं. ४४ बाट एशियन लाईफ इन्स्योरेन्स र ब्रोकर नं. ८ बाट सुप्रिम सिमेन्ट उद्योगले खरिद गरेको थियो। विशाल ग्रुपले दुई पटक गर्दै नेपाल पुनर्बीमा कम्पनीको १५ लाख कित्ता स‌ंस्थापक शेयर बिक्री गरेर लगानी झिकेको छ।

यसैबीच निर्जीवन बीमा कम्पनी  हिमालयन एभरेष्टले पनि न्यूनत्तम ३०० रुपैयाँका दरले नेपाल पुनर्बीमा कम्पनीमा रहेको आफ्नो स्वामित्वको २० लाख कित्ता स‌ंस्थापक शेयर बिक्रीका लागि प्रस्ताव गरेको छ।

एशियन लाईफले यसअघि नै नेपालको सबैभन्दा पुरानो निर्जीवन बीमक नेपाल इन्स्योरेन्स कम्पनीको १५ प्रतिशत स‌ंस्थापक शेयर खरिद गर्दै निर्जीवन बीमा व्यवसायमा समेत लगानी बिस्तार गरि सकेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%
happy

खुसी

0%
sad

दु :खी

20%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS