IME Life New

नियमावलीमा ‘बीमालेख निर्माता’ को अवधारणा, माटो सुहाउँदाे बीमालेख बन्ला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले प्रस्तावित बीमा नियमावली २०८० मा बीमालेख निर्माताको समेत परिकल्पना गरेकाे छ।  बीमालेख निर्मातामार्फत् स्वदेशमै बीमा कम्पनीहरुले आफ्नाे आवश्यक्ता अनुसारकाे बीमालेख तयार पार्ने सुविधा पाउनेछन् ।

जीवन वा निर्जीवन बीमा कम्पनीहरुले माटो सुहाउँदाे बीमालेख निर्माण गर्ने र प्रचलनमा ल्याउने काम गर्न सकेका छैनन् । छिमेकी मुलुक भारतमा प्रचलनमा रहेका बीमालेखहरुको नाम सहित अधिका‌ंश विशेषताहरू हुबहु नक्कल गर्ने र त्यसै अनुरूप बीमांकीलाई बीमालेखको प्राविधिक र गणीतिय पक्ष तयार पार्न लगाएर बीमालेख प्रचलनमा ल्याउने अभ्यास व्याप्त छ। छिमेकी मुलुकमा असफल भएर प्रचलनबाट हटाइएका बीमालेख समेत हुबहु नक्कल उतार गरेर नविनत्तम बीमालेखको आवरणमा नेपालमा प्रचलनमा ल्याउने प्रयास गर्ने समेत प्रवृत्ती देखिएको छ। बजारको आवश्यक्ता आ‌ंकलन गर्न नसक्दा कुनै एउटा बीमालेख बजारमा बिक्री नभएको अवस्थामा बीमा‌ंकीको पारिश्रमिक र बजार प्रवर्द्धनका लागी गरिने खर्चवापतको कम्तीमा १० लाख रूपैयाँ खेर जान्छ ।

Esewa
Crest

जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७९ मा नयाँ बीमालेखमा मौलिक विशेषता हुनुपर्ने उल्लेख छ । प्रस्तावित नियमावली २०८० ले व्यवस्था गरे बमोजिम नेपाली बीमा‌ंकी र विज्ञहरूले बीमालेख निर्माण सम्बन्धी सेवा उपलब्ध गराएको अवस्थामा माटो सुहाउँदा बीमालेख तयार पार्न सहज हुनेछ।

बीमालेखको अवधारणा र विशेषताहरु तय गर्ने र बीमित, बीमक र शेयरधनीसमेतको हितमा पर्न सक्ने दीर्घकालीन प्रभावकाे समेत आ‌ंकलन गर्नुपर्ने भएको हुँदा बीमालेख तयार पार्ने कार्य सहज छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS