IME Life New

निक्षेप तथा कर्जा सुरक्षण कोष र नविल बैंकबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोष र नविल बैंकबीच लघुवित्त तथा विपन्न वर्ग कर्जासुरक्षण गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा कोषको तर्फबाट नायब प्रबन्धक विष्णु मणि अधिकारीर नविल बैंक लि।को तर्फबाटएसएमई तथा लघुवित्त विभागप्रमुख निरज कुमार बस्नेत (डनिल)ले हस्ताक्षर गरे ।

यस सम्झौतापत्रमा हस्ताक्षर भए सँगै नविल बैंकले लघु वित्त तथा विपन्न वर्ग कर्जा अन्तर्गत बिना धितो सामूहिक जमानीमा लगानी गर्ने प्रति व्यक्ति दश लाखसम्म, शैक्षिक प्रमाणपत्र धितो जमानीमा लगानी गर्ने प्रति व्यक्ति रु।सात लाखसम्म, धितो जमानीमा लगानी गर्ने प्रति व्यक्ति बीस लाखसम्म, वैदेशिक रोजगारबाट सीपमूलक तालिम लिई फर्केका युवा तथा दलित समुदायका व्यक्तिलाई सामूहिक जमानी वा परियोजना धितो अन्तर्गत लगानी गर्ने प्रति व्यक्ति  दश लाखसम्म र कोषको पूर्व सहमति लिई महिलाद्वारा सञ्चालित लघु उद्यम परियोजना अन्तर्गत परियोजना धितो राखी वा व्यक्तिगत वा सामूहिक जमानीमा लगानी गर्ने १५ लाखसम्मको कर्जा कोषले सुरक्षण गर्नेछ।

Esewa
Crest

यस प्रकार सुरक्षण हुने कर्जाको सुरक्षण शुल्क बार्षिक ० दशमलव ८ प्रतिशत रहेकोमा ५० प्रतिशत नेपाल सरकारले अनुदान वापत व्यहोर्ने र बाँकी ५० प्रतिशत नविल बैंकले कोषमा बुझाउनेछ ।

कोषमा सुरक्षित कर्जालिने ऋणीको मृत्यु भएमा वा प्राकृतिक प्रकोपबाट परियोजना नष्ट भएमा वा अन्यविभिन्न कारणबाट कर्जा असूली हुन नसकेमा बैंकले दाबी गर्न सक्ने र उक्त दाबीमा कोषले ७५ प्रतिशत भुक्तानी गर्नेछ ।

कार्यक्रममा कोषका विभागीय प्रमुखहरु र नविल बैंकका अधिकारीहरुको उपस्थिति रहेको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS