IME Life New

नाडा अटो शोः स्काईवेलका १२६ वटा विद्युतीय गाडी बुकिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौंमा सम्पन्न नाडा अटो शोमा स्काईवेलका १२६ वटा विद्युतीय गाडी बुकिङ भएको छ।

स्काईवेलका विद्युतीय गाडीको आधिकारिक बिक्रेता जी मोटर्सका कार्यकारी निर्देशक पारसमणि गेलालका अनुसार स्काईवेल ईटी५ ६२० किमी, बीई११ मोडेलका ५२० किमी र ४२० किमीको १२६ गाडी बुकिङ भएको हो। हाल नेपालमा ४० वटा भन्दा बढी स्काईवेलका ईटी५ ६२० किमी प्रिमियम विद्युतीय एसयूभी बिक्री–वितरण भइसकेका छन् भने जी मोटर्सले नाडामा बुकिङ गर्ने ग्राहकका लागि स्पेसल मूल्य बीई११ ४१० किमीको ७५.९० लाख रुपैयाँ, बीई ११ ५२० किमीको मूल्य ८५.९० लाख रुपैयाँ र ईटी५ को मूल्य १.१० करोड कायम गरेको छ।

Esewa
Crest

कम्पनीको उक्त मूल्यलाई स्वीकारेर ग्राहकको उत्साहजनक बुकिङ र अटो शो भिजिट गरी माया प्रदान गर्ने सबैलाई जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले धन्यवाद दिए। ‘ग्रहकले जी मोटर्स र स्काईवेल प्रडक्टप्रति देखाउनुभएको मायाले हामी उत्साहित छौँ’, उनले भने, ‘हामी उहाँहरुलाई १–२ दिन भित्रबाटै सवारी डेलिभरी गर्ने तयारी गरिरहेका छौँ।’

नेपाली ग्राहकले युरोपियन बजारमा अत्याधिक रुचाइएको स्काईवेलका प्रिमियम सवारीको गुणस्तर परफर्मेन्स र उच्च १५० किलोवाट पावरलाई नेपालका सबै किसिमका भूभागमा सहजै यात्रा गर्न सक्नेछन्। स्काईवेल ६५ भन्दा बढी देशमा जर्मनी, यूके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्कि, इजरायल, पोल्यान्ड बिक्री हुँदै नेपालमा पनि युरोपियन गुणस्तरका सवारी बिक्री गर्ने प्रिमियम सवारी उत्पादक कम्पनी हो।

नाडा शोपश्चात सबै मोडेलमा ५ लाखले मूल्य वृद्धि हुने जी मोटर्सले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS