IME Life New

नागरिक लगानी काेषकाे आकार करिब २८ प्रतिशतले खुम्चियाे, मुद्दती निक्षेपमा थप रू.१ अर्ब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । नागरिक लगानी काेष जगेडा काेषकाे आकार चालू आवकाे दाेश्राे त्रैमासमा प्रतिशतले खुम्चिएकाे छ । काेषले प्रकाशन गरेकाे अपरिस्कृत वित्तीय विवरण अनुसार पुस मसान्तसम्म जगेडा काेषमा जम्मा १५ अर्ब ३३ कराेड ७२ लाख रुपैयाँ रहेकाे थियाे । गत आवकाे दाेश्राे त्रैमासमा काेषसँग जगेडा काेषमा १९ अर्ब ६२ कराेड ६४ लाख रुपैयाँ रहेकाे थियाे ।

काेषकाे अपरिस्कृत वित्तीय विवरण अनुसार बीमा काेष दायीत्व गत आवकाे पुस मसान्तमा १ अर्ब ५२ कराेड १९ लाख रुपैयाँ रहेकाेमा चालू आवकाे पुस मसान्तसम्ममा १ अर्ब ६० कराेड ४४ लाख रुपैयाँ पुगेकाे छ । बीमा काेषमध्ये निजामती बीमा काेषमा सर्वाधिक ३ अर्ब ७६ कराेड रुपैयाँ रहेकाे छ । यसैगरी दाेश्राे ठूलाे बीमाकाेष रकम ३ अर्ब ६ कराेड रुपैयाँ शिक्षक बीमा काेषमा रहेकाे नागरिक लगानी काेषले प्रकाशन गरेकाे त्रैमासिक विवरणमा उल्लेख छ । सुरक्षा स‌ंगठनहरूमध्ये सैनिक बीमा काेषमा काेषसँग सर्वाधिक १ अर्ब ४० कराेड ६४ लाख रुपैयाँ रहेकाे छ।

Esewa
Crest

काेषले समयकालीन कर्जा सुविधा अन्तर्गत याेगदानकर्तालाई गत पुस मसान्तसम्ममा २२ अर्ब ६९ कराेड रुपैयाँ कर्जा लगानी गरेकाे छ। यसबाहेक सहभागी सापटी तथा आवास कर्जा अन्तर्गत याे अवधिमा ४५ अर्ब ९२ कराेड रुपैयाँ कर्जा लगानी गरेकाे छ। काेषले मुद्दती निक्षेपमा १ खर्ब ६ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेकाे छ। गत आवकाे पुस मसान्तसम्ममा मुद्दती निक्षेपमा १ खर्ब ५ अर्ब रुपैयाँ लगानी गरेकाे थियाे । एक वर्षकाे अवधिमा मुद्दती निक्षेपकाे आकार जम्मा १ अर्ब रुपैयाँले वृद्धि भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS