IME Life New

नवीकरण बीमाशुल्कः रिलायबल नेपाल लाइफको करिब साढे ४०%ले बढ्दा अन्यको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुको नवीकरण बीमाशुल्क घटेको छ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको भदौसम्म १४ वटा जीवन बीमा कम्पनीले २४ अर्ब ४६ करोड ८१ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्ष भदौसम्म कम्पनीहरुले २४ अर्ब ७९ करोड ४४ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका थिए। गत वर्षको तुलनामा समीक्षा अवधिसम्म कम्पनीहरुको नवीकरण बीमाशुल्क १.३२ प्रतिशतले घटेको छ।

Esewa
Crest

चालु आर्थिक वर्षको भदौसम्म सर्वाधिक नवीकरण बीमाशुल्क आर्जन गर्नेमा नेपाल लाइफ रहेको भने बढोत्तरीको हिसाबले रिलायबल नेपाल लाइफ अग्रस्थानमा रहेको छ। समीक्षा अवधिमा नेपाल लाइफले ७ अर्ब ७० करोड ९३ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको छ।अघिल्लो वर्ष भदौसम्म नेपाल लाइफले ६ अर्ब ९२ करोड ६८ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ११.३० प्रतिशत बढेको छ।

यसैगरी रिलायबल नेपाल लाइफले चालु आर्थिक वर्षको भदौसम्म ६४ करोड ७० लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष भदौसम्म कम्पनीले ४६ करोड ८ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको थियो। गत वर्षको तुलनामा रिलायबल नेपाल लाइफको नवीकरण बीमाशुल्क आर्जन ४०.४० प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म दोस्रो सर्वाधिक नवीकरण बीमाशुल्क आर्जन गर्नेमा लाइफ इन्स्योरेन्स कर्पोरेसन रहेको छ। यो कम्पनीले समीक्षा अवधिसम्म २ अर्ब ९४ करोड ५७ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष भदौसम्म कम्पनीले २ अर्ब ७४ करोड ५३ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म कम्पनीको नवीकरण बीमाशुल्क ७.३० प्रतिशतले बढेको छ।

तेस्रोमा नेसनल लाइफ रहेको छ। कम्पनीले समीक्षा अवधिसम्म २ अर्ब ८० करोड १० लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यो कम्पनीले २ अर्ब ३५ करोड १४ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म कम्पनीको नवीकरण बीमाशुल्क १९.१२ प्रतिशत बढेको छ।

चालु आर्थिक वर्षको भदौसम्म हिमालयन लाइफले २ अर्ब ६५ करोड ३८ लाख रुपैयाँ नवीकरण बीमाशुल्क उठाएको छ। अघिल्लो वर्ष भदौसम्म कम्पनीले २ अर्ब ६२ करोड २३ लाख रुपैयाँ उठाएको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको नवीकरण बीमाशुल्क १.२० प्रतिशतले बढेको छ।

यसैगरी समीक्षा अवधिसम्म सूर्यज्योति लाइफले १ अर्ब ४१ करोड ७१ लाख रुपैयाँ, एसियन लाइफले १ अर्ब १७ करोड ७८ लाख रुपैयाँ, सिटिजन लाइफले ९२ करोड २९ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ८७ करोड ५४ लाख रुपैयाँ र मेट लाइफले ७४ करोड ५४ लाख रुपौयाँ नवीकरण शुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा कम्पनीहरुको यो नवीकरण शुल्क क्रमशः १६.९८ प्रतिशत, १५.२४ प्रतिशत, २५.११ प्रतिशत, ६.६९ प्रतिशत र ३.७० प्रतिशतले बढी हो।

समीक्षा अवधिसम्म राष्ट्रिय जीवन बीमा कम्पनीले ७३ करोड ५१ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको छ। अघिल्ले वर्ष यही अवधिसम्म कम्पनीले ३ अर्ब ४९ करोड १६ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिसम्म कम्पनीको नवीकरण बीमाशुल्क आर्जन ७८.९४ प्रतिशतले घटेको छ।

त्यस्तै चालु आर्थिक वर्षको भदौसम्म प्रभु महालक्ष्मी लाइफले ७१ करोड ६८ लाख रुपैयाँ, आइएमई लाइफले ६७ करोड ३६ लाख रुपैयाँ र सन नेपाल लाइफले ४४ करोड ६३ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा कम्पनीहरुको नवीकरण बीमाशुल्क आर्जन क्रमशः २.४३ प्रतिशत, २२.८३ प्रतिशत र २.१८ प्रतिशतले बढेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS