IME Life New

नयाँ लुक र आकर्षक फिचरका साथ होन्डाको अमेज लन्च, कुन-कुनलाई दिने टक्कर ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । होन्डा कार इन्डियाले आफ्नो बहुप्रतिक्षित र लोकप्रिय सेडान कार अमेजको फेसलिफ्ट आज भारतीय बजारमा लन्च गर्न लागेको छ।

कम्पनीले लामो समयदेखि सामाजिक सञ्जालमा नयाँ कारको फोटो र भिडियो पोस्ट गर्दै आएको छ। यतिमात्र होइन यो कार आएपछि सब–कम्प्याक्ट सेडान कार सेग्मेन्टमा प्रतिस्पर्धा गर्नेछ। किनभने हालसालै मारुतीले लोकप्रिय सेडान कार मारुती डिजायरको फेसलिफ्ट भेरियन्ट लन्च गरेको थियो। त्यसपछि अब होन्डाले अमेज लन्च गरिरहेको छ।

Esewa
Crest

कारको मेकानिकल भागमा खासै परिवर्तन नदेखिए पनि भित्री र बाहिरी भागमा केही कस्मेटिक परिवर्तन देख्न सकिन्छ। यो कारको थर्ड जनरेसन मोडल हो। जुन भारतीय बजारमा लन्च हुनेछ।

नयाँ अमेजको बाहिरी र भित्री भागमा केही परिवर्तन देख्न सकिन्छ। कम्पनीले भिडियो टिजर सार्वजनिक गरेको छ। जसमा यो कारले एलईडी लाइटिङ, पछाडि यात्रुका लागि एसी भेन्ट, वायरलेस चार्जर, रियर पार्किङ क्यामेरा सेन्सरलगायत धेरै फिचर पाउन सक्ने खुलासा गरिएको छ।

यसबाहेक कारलाई सुरक्षाको दृष्टिकोणले पनि बलियो बनाउन सकिन्छ। कारमा ६ वटा एयरब्याग उपलब्ध गराउन सकिन्छ। तर, हाल कम्पनीले ६ वटा एयरब्याग उपलब्ध गराउनु सामान्य भइसकेको छ। साथै, सुरक्षाका हिसाबले कारमा एडीएएस फिचर हुनेछ।

परिवर्तनको कुरा गर्दा अगाडि ठूलो ग्रिल दिएर कारको लुकमा परिवर्तन गरिएको छ। यसबाहेक स्लिक डिजाइनमा एलईडी हेडल्याम्प र डीआरएल प्रदान गर्न सकिन्छ। बम्पर पनि परिमार्जन गर्न सकिन्छ। कारमा नयाँ अलोय ह्विल रहेको छ। एलईडी टेल ल्याम्प र रियर बम्पर स्लिक डिजाइनमा परिवर्तन देख्न सकिन्छ।

कारको इन्जिनमा कुनै परिवर्तन देखिँदैन। यो कारमा १.२ लिटर पेट्रोल इन्जिन छ। जुन छ स्पिड म्यानुअल र सीभीटी गियरबक्सको साथ आउँछ। भारतीय बजारमा यो कारले टाटा टिगोर, हुन्डाई औरा र हालै सार्वजनिक भएको मारुती डिजायरसँग सीधा प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS