IME Life New

नयाँ बीमा ऐनको प्रावधानका कारण गएको वर्ष जीवन बीमकबाट कूल १८७ जना अभिकर्ता बाहिरिए

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  बीमा ऐन २०७९ को प्रावधानले अभिकर्ताहरु कुनै एक बीमा कम्पनीमात्र काम गर्न पाउने भएपछि गत आर्थिक वर्षमा १८७ जना अभिकर्ताको इजाजत पत्र रद्ध भएको छ। प्राधिकरणले सम्बन्धित अभिकर्ताको स्वीकृतीका आधारमा इजाजत पत्र रद्ध गरेको हो ।

प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा १९ वटा बीमा कम्पनीको अभिकर्ता इजाजत पत्र रद्ध गरिएकामध्ये यूनियन लाइफ, सूर्या लाइफ, रिलायन्स, नेपाल लाइफ, मेट लाइफ, महालक्ष्मी लाइफ, आइएमई लाइफ र सिटिजन लाइफमा दोहोरो अ‌ंकमा अभिकर्ता रहेका छन् । यी मध्ये सर्वाधिक २३ जना अभिकर्ता महालक्ष्मी लाइफ छोडेर बाहिरिएका छन् । यसैगरी मेट लाइफका २१ जना अभिकर्ताले अन्यत्र बीमकमा काम गर्ने निर्णय गर्दै कम्पनीसँगकाे आबद्धता त्यागेका छन् । सबैभन्दा थाेरै १ जना ज्याेती लाइफ इन्स्योरेन्सबाट अभिकर्ता बाहिरिएका छन् ।

Esewa
Crest

कुनै जीवन बीमकमा कार्यरत अभिकर्ताले अर्को कुनै जीवन बीमकमा आबद्ध हुन चाहेको अवस्थामा बीमा नियामक नेपाल बीमा प्राधिकरणले साबिकको बीमकमा कायम रहेको अभिकर्ता इजाजत पत्र रद्ध गरिदिन्छ। एक पटक रद्ध गरि सकेपछि सम्बन्धित अभिकर्ताले अर्को बीमकमा आबद्ध भएर अभिकर्ताको हैसियतमा रहेर काम गर्नका लागी पुनः बीमा प्राधिकरणबाट इजाजत पत्र माग्नुपर्छ। इजाजत पत्रका लागी प्राप्त आवेदनका आधारमा प्राधिकरणले पुनः अर्को कम्पनीमा अभिकर्ता कायम गरिदिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS