IME Life New

नयाँ जीवन बीमा कम्पनीहरु मध्ये मुनाफाको हिसाबले-रिलायबल लाइफ इन्स्योरेन्सको अग्रता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

आर्थिक बर्ष २०७४/७५ मा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा १२ करोड ७८ लाख रुपैयाँ आर्जन गरेको छ । हालसम्म विवरण प्रकाशित गर्ने नयाँ जीवन बीमा कम्पनीहरु मध्ये यो मुनाफा आकर्षक रहेको देखिन्छ। गत आर्थिक वर्ष कम्पनीले जीवन बीमा ब्यबसायबाट १५ करोड २० लाख आम्दानी गरेको इन्स्योरेन्सले दुई करोड ४२ लाख खर्च गरेको छ । तेश्रो त्रैमासमा इन्न्सयोरेन्सको खुद नाफा आठ करोड ४६ लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा इन्स्योरेन्सले ३४ करोड ४९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्दा ६५ लाख २८ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । कम्पनीले एक लाख २२ हजार ९४० बीमालेखबाट ४२ करोड ७७ लाख रुपैयाँ कूल बीमा शूल्क आर्जन गरेको छ ।

Esewa
Crest

एक अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी भएको इन्स्योरेन्सको जगेडा कोषमा १३ करोड २६ लाख रुपैयाँ सञ्चित छ । उसले जीवन बीमा कोषमा आठ करोड ६७ लाख छ ।

यस अवधिसम्म कम्पनीले ३३ संख्यामा परेको दाबी वापत एक करोड २२ लाख ६८ हजारको भुक्ताी गरेको छ ।इन्स्योरेन्सको प्रति सेयर आम्दानी ९ रुपैयाँ १३ पैसा तथा प्रति सेयर नेटवर्थ १०९ रुपैयाँ ४८ पैसा रहेको छ ।

नयाँ जीवन बीमा कम्पनीहरु मध्ये सिटिजन लाइफले १० करोड ८६ लाख, आइएमई लाइफ इन्स्योरेन्सले ९ करोड ८६ लाख, युनियन लाइफ इन्स्योरेन्सले ९ करोड ३५ लाख, रिलायन्स लाइफ इन्स्योरेन्सले ७ करोड ९९ लाख, प्रभु लाइफ इन्स्योरेन्सले ५ करोड ३५ लाख, सानिमा लाइफ इन्स्योरेन्सले ६ करोड ३३ लाख मुनाफा आर्जन गर्न सफल भएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS