IME Life New

नयाँ इन्स्योरेन्स कम्पनीका नयाँ बीमा योजनाहरु के के छन्

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेपालमा प्रजातन्त्रको पुनर्वहाली पश्चात २०४६/४७ सालमा नेपाल सरकारले अपनाएको आर्थिक उदारीकरणको फलस्वरुप विभिन्न निर्जिवन तथा जीवन बीमा कम्पनीहरुले बीमा व्यावसाय गर्ने इजाजत पाए । त्यस अनुसार हाल सम्म २० वटा निर्जिवन, १८ वटा जीवन र १ पुनर्बीमा कम्पनी व्यावसाय गर्ने बीमा कम्पनी नेपालको बीमा बजारमा रहेका छन् ।

सामान्यता निर्जिवन बीमा कम्पनीका बीमा योजनाहरु उस्तै प्रकृतिका हुन्छन तर जिबन बीमा कम्पनीका जिबन बीमा योजनाहरु कम्पनी अनुसार फरक-फरक प्रकृतिका हुने गर्छन, गत वर्ष संचालनमा आएका नयाँ जीवन बीमा कम्पनीहरुले के कस्ता जीवन बीमा योजनाहरु बजारमा पस्केका छन् एउटा बिस्लेषण:-

Esewa
Crest

युनियन लाइफ इन्स्योरेन्स
आक्रामक बजारीकरण सहित बजारमा आएको युनियन लाइफ इन्स्योरेन्सले अग्रिम भुक्तानी तथा आजीवन जीवन बीमा योजना नेपाली बीमा बजारमा लिएर आएको छ, यो नयाँ प्रकृतिको बीमा योजना रहेको कम्पनीले जनाएको छ । बीमा अवधि भित्रै अग्रिम रुपमा बीमाङ्क रकम भुक्तानी प्राप्त हुनुका साथै बीमा अवधि समाप्ति पश्चात् पनि आजीवन बीमा रहने यस बीमा योजनाको मुख्य बिशेषता रहेको कम्पनीले जनाएको छ । एस्तो प्रकृतिको बीमा योजना युनियन लाइफ इन्स्योरेन्सले नेपालमा पहिलो पटक ल्याएको जनाएको छ ।
नेपालमा पहिलो पटक अधिकतम रु. ७५ लाख सम्मको दुर्घटना मृत्यु लाभ, वीमा शुल्क छुट, मासिक आय सुविधा समेत युनियन लाइफ इन्स्योरेन्सले समेटेको दाबी गरेको छ ।

यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना ग्राहक वर्ग माझ बिभिन्न प्रकारको आकर्षक तथा आर्थिक सुरक्षा प्रदान गर्ने बीमा योजनाहरु ल्याई जीवन बीमा क्षेत्रमा लोकप्रयता कायम गर्ने क्रममा ल्याएको ‘बार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना’ समेत बीमा क्षेत्रमा फरक प्रकृतिको बीमा योजना रहेको कम्पनीले जनाएको छ ।

ज्योति लाइफ इन्स्योरेन्स
ज्योति लाइफ इन्स्योरेन्स क्रिटिकल इलनेश (जटिल प्रकारका रोग) हरुको प्रडक्ट ल्याएको छ । यसले अहिलेको बीमा बजारमा सबै भन्दा फरक कम्पनीका रुपमा स्थापीत गराएको कम्पनीको दाबी छ । यो सुबिधा अन्य बीमा योजनामा जोडेर लिन सकिन्छ । कम्पनीले यसमा ११ वटा रोगहरु समावेश गरेको छ। तीमध्ये कुनै पनि रोग लागेको मेडिकलले प्रमाणित गर्यो भने कम्पनीले १० लाखसम्म दिने बताएको छ ।

हाल ६ किसिमका जीवन बीमा योजनाहरु संचालन गरेको कम्पनीले मेडिकलले रोग लागेको छ भनेर प्रमाणित गरेपछि नै दाबी भुक्तानी गर्ने जनाएको छ। अरु कम्पनीले खर्चको विल बुझाएपछि मात्रै पैसा दिन्छन्, तर ज्योति लाइफ इन्स्योरेन्सले रोग लागेको प्रमाण पेश गर्ने वित्तिकै पैसा (दाबी भुक्तानी) दिने जनाएको छ। यो पोलिसी बजारमा सबैभन्दा रुचाईएको छ।

ज्योति लाइफ इन्स्योरेन्सका अनुसार पुराना कम्पनीहरुले जसरी कुनै पनि बेला मरिन्छ, परिवारलाई कसले हेर्छ भनेर त्रसित वातावरण बनाएर पोलिसी बेच्दैनौं । कम्पनीले नारा नै सधै तपाईको साथ भनेर राखेको छ । विमितलाई कुनै पनि रोग लागेको छ भने बचाउँछौं भनेर अघि बढिरहेको बताएको छ, यो नै आफ्नो अरु कम्पनी भन्दा फरक विशेषता भएको कम्पनीले जनाएको छ ।

सानिमा लाइफ इन्स्योरेन्स
सानिमा बैंक तथा राष्ट्रियरअन्तर्राष्ट्रिय स्तरमा व्यावसायिक अनुभव हासिल गरेका प्रतिष्ठित गैरआवासीय नेपाली समूहद्वारा प्रबर्दित सानिमा लाइफ इन्स्योरेन्सले बीमा बजारमा आफ्नो फरक पहिचान बनाउने उदेश्यले फरक प्रकृतिको ‘सानिमा बाल सौगात जिबन बीमा’ योजना ल्याएको जनाएको छ।
यो बालबालिका लक्ष्यित जीवन बीमा योजना हो। यो योजनाका फरक विशेषतामा जीवन बीमा गरेको पहिलो ५ वर्ष ६५ रुपया प्रति हजारको दरले बोनश दर निर्धारण गरिएको छ । जीवन बीमा योजना खरिद गरेको पहिलो ५ वर्षको लागि यो बोनश दर परिबर्तन हुदैन साथै यो योजनाको अर्को विशेषता बीमा योजना परिपक्क भैसके पछिको ५ वर्ष सम्म पनि निशुल्क जोखिम बहन गर्छ।

आइएमई लाइफ इन्स्योरेन्स
आइएमई समूह तथा ग्लोबल आइएमई बैंकले प्रबर्दन गरेको आइएमई लाइफ इन्स्योरेन्सले नेपाली बीमा बजारमा नयाँ प्रकृतिको योजना पस्किने क्रममा “आइएमई बाल उमंग (अग्रीम भुक्तानी) जीवन बीमा योजना” नामको जीवन बीमा योजना लिएर आएको छ । बालबालिका लक्षित बीमा योजनाहरुमा अन्य बीमा कम्पनीहरुले अग्रीम भुक्तानी सहितको योजना समाबेश नगरेको कारण “आइएमई बाल उमंग (अग्रीम भुक्तानी) जीवन बीमा योजना” अन्य कम्पनीका योजना हरु भन्दा फरक तथा आकर्षक रहेको जनाएको छ ।
साथै कम्पनीले न्यूनभन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगका व्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पुर्याई नेपालमा जीवन बीमा बिस्तार गर्नु कम्पनीको उद्देश्य रहेकोले आफ्ना बीमा योजनाहरु अन्य कम्पनीको भन्दा प्रिमियम सस्तो तथा सरल रहनुनै आफ्नो फरक पहिचान रहेको जनाएको छ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स
रिलायबल धनपति जीवन बीमा योजना नेपालमै पहिलो र नयाँ किसिमको जिबन बीमा योजना रहेको कम्पनीले जनाएको छ, यो बीमा योजनाले करोडपति बन्ने सपना सजिलै साकार बनाउन सक्ने कम्पनीले जनाएको छ ।

रिलायबल धनपति जीवन बीमा योजना एउटा सावधिक जीवन बीमा योजना अन्तर्गत पर्ने उच्च प्रतिफल, सुरक्षा, र बचत एकैसाथ प्रदान गर्ने जीवन बीमा योजना रहेको कम्पनीले जनाएको छ। बीमा अवधी समाप्तीमा बीमित जीवित रहेको खण्डमा बीमालेखमा उल्लेखित परिपक्वता मुल्य पाउने ग्यारेण्टी भएको यो बीमा योजनामा बीमितले न्युनतम रु. ५०,००,०००/- (रु. पचास लाख) देखी माथी जतिसुकै परिपक्वता मुल्य छनौट गरि बीमा गर्न सकिन्छ र सोही आधारमा बीमाशुल्क गणना गरिनेछ ।

यसबाट बीमा अवधी समाप्तीमा आफुले चाहेको रकम जस्तै पचास लाख, एक करोड, दुई करोड वा सो भन्दा बढी रकम बराबर परिपक्वता मुल्य कायम गरी बीमा गर्न सकिनेछ र सो रकम भुक्तानी पाउन सकिनेछ । सानो सानो बचत गरी करोडपति बन्ने ईच्छा राख्ने हरेक नेपालीलाई लक्षित गरि रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले यो योजना ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS