IME Life New

नयाँ आर्थिक वर्षको प्रारम्भसँगै भारतमा बीमाशुल्क शत प्रतिशतसम्म बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय बीमा कम्पनीहरुले अप्रिल १ मा शुरु भएको स्थानीय नयाँ आर्थिक वर्षसँगै बीमाशुल्कमा २० देखि शत प्रतिशतसम्म वृद्धि गरेका छन् ।

भारतीय आम संचारमाध्यमहरुले प्रकाशन गरेको समाचार अनुसार सामूहिक स्वास्थ्य बीमाशुल्क ४० प्रतिशतसम्म र साइबर बीमाशुल्क ८० देखि १०० प्रतिशतसम्म वृद्धि गरिएको छ । भारतीय सरकारी स्वामित्वको पूनर्बीमक जिआइसी रि को नेतृत्वमा पूनर्बीमकहरु र न्यू इण्डिया एस्योरेन्स (एनआइए)को नेतृत्वमा निर्जीवन बीमकहरुले स्वास्थ्य र साइबर बीमा बाहेक केही अन्य शीर्षकहरुमा आफ्नो बीमाशुल्क २० देखि ३० प्रतिशतसम्म वृद्धि गरेका छन् ।

Esewa
Crest

पछिल्लो दुई त्रैमासिकमा साइबर बीमा र साइबर बीमा दाबीको बढ्दो मागका कारण बीमाशुल्क वृद्धि गर्न दबाब परेको छ । जिआइसी रिका अध्यक्ष तथा प्रबन्ध निर्देशक देवेश श्रीवास्तवले बहालमा लिएको विमानमा ठूलो दाबीका कारण उड्डयन क्षेत्रले अहिले अनिश्चितताको सामना गरिरहेको उल्लेख गर्दै भने, तर, यसबाट उड्डयन बजारमा तत्कालै व्यापक प्रभाव पर्ने अपेक्षा गरिएको छैन। बीमालेख नवीकरणमा सम्पत्ति इन्जिनियरिङका साथै तेश्रो पक्ष बीमा दुबैमा सामान्यरूपमा कठोरताको संकेत दिन जारी राखेको छ ।

विगत दुई तीन वर्षमा देखा परेको बीमाशुल्क कडाई केही समयको लागि प्रबल हुने अनुमान गरिएको छ । विगत तीन चार वर्षको अवधिमा रेकर्ड स्तरको विनाशकारी बाढी,पहिरो, विनाशकारी हावाहुरीका कारण भएको क्षति र कोभिड १९ महामारीले स्थितिलाई थप जटिल बनाएको कारणले भएको बीमा बजार विश्लेषकहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS