IME Life New

नबिल बैंकले सार्वजनिक गर्याे नबिल ‘जेन अल्फा’ एप, बालबालिकालाई गेम खेलाएरै पैसा कमाउन सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंकले गेम खेलेको आधारमा पैसा कमाउन सक्ने एप्स सार्वजनिक गरेको छ । बालबालिकाको कार्यसम्पादन गरेको अंकको आधारमा पैसा कमाउने एप्स सार्वजनिक गरेको हो। राष्ट्रिय बाल दिवसको अवसर पारेर बैंकले एक कार्यक्रम मार्फत यस्तो एप्स सार्वजनिक गरेको हो।

सार्वजनिक भएको एप्सअनुसार १८ बर्षभन्दा मुनिका बालबालिकाहरुले कार्यसम्पादन गरेको आधारमा अंक प्राप्त गर्नेछन । उक्त अंक सम्बन्धित खातामा पैसाको रुपमा बचत हुनेछ।

Esewa
Crest

नबिल बैंकले ल्याएको ‘नबिल जेन अल्फा’ १८ बर्ष भन्दा मुनिका बालबालिकाहरु र अभिभावकहरुलाई लक्षित गरि ल्याइएको नेपालकै पहिलो डिजिटल एप्समा आधारित स्किम हो। यस मार्फत अभिभावकहरुले आफ्ना बालबालिकाहरुका लागि दैनिक कार्यहरु सिर्जना गर्न, सेट गर्न र तोक्न सक्नेछन।

बालबालिकाहरुले पनि दिइएको कार्य सम्पादनपछि अंक कमाउन सक्छन र त्यहि अंकलाई लिंक गरिएको खातामा पैसाको रुपमा बचत हुने प्रावधान गरिएको छ। यो स्किम मार्फत बालबालिकाहरुलाई जिवन सिप र बचतको महत्व सिकाउने तथा अभिभावकहरुको दैनिकीमा सहजता ल्याउने लक्ष्य बैंकले लिएको छ।

नबिल जेन अल्फा बचत खाताबाट बालबालिकाहरुलाई आफ्नो पढाईका साथसाथै दैनिक जीवनमा अति आवश्यक पर्ने कामकाज पारिवारित संस्कार तथा आफ्नो जिम्मेवारी बोधका साथै त्यसतर्फ उत्प्रेरित गराउनका लागि यस एप्सले बिशेष भूमिका निभाउने बिश्वास लीएको छ।

बैंकका अनुसार यस योजना अन्तर्गत नबिल बैंकमा खाता भएका तथा नयाँ खाता खोल्ने ग्राहकबर्गले खाताबाट तोकिएको रकम स्वचालित रुपमा बालबालिकाको खातामा रकमान्तर, बालबालिकाको खातामा रहेको रकमबाट समय समयमा मुद्दती खातामा जम्मा तथा बालबालिकालाई नबिल जेन अल्फा मोबाइल एपको माध्यमबाट काम र लक्ष्य यकिन गरि जिम्मेवारी दिन सकिनेछ भने काम र लक्ष्य प्राप्ति पश्चात पुरस्कृत पनि गर्न सकिने छ।

नेपाली रुपैयाँमा खोलिने नबिल जेन अल्फा बचत खातामा १८ बर्ष सम्मका बालबालिकाहरु समाहित हुन् सक्नेछन। नबिल जेन अल्फा मोबाइल एप, पेल स्टोर तथा एप्पल स्टोरबाट डाउनलोड गर्न सकिनेछ। यस एप्स मार्फत कार्य सम्पादन गराएर प्राप्त गरेको अंक लिंक गरि पैसा आर्जन गर्नका लागि अभिभावक र बालबालिकाको बैंक खाता नबिल बैंकमा हुन अनिवार्य छ भने बालबालिकाको अलग्गै ‘नबिल जेन अल्फा’ खाता पनि हुनुपर्नेछ। कुनै अभिभावकको १८ बर्ष मुनिका दुई बालबालिका छन् भने दुवै जनाको अलग अलग ‘नबिल जेन अल्फा’ खाता हुनुपर्नेछ।

नबिल जेन अल्फाका ब्राण्ड एम्बेसडर समाजसेवी प्रेंसा रेग्मी, बैंकका अध्यक्ष उपेन्द्र पौड्याल , प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना, सिनियर डेपुटी सीईओ सुजित कुमार शाक्य साथ अरु विशिष्ट अतिथिहरुको उपस्थितिमा यो एप्स सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS