IME Life New

नबिल बैंकले आइएफआइसी बंगलादेशको नाममा रहेको संस्थापक शेयर विक्री गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंक लिमिटेडले १ करोड ७७ लाख ३६ हजार ८८ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनी इन्टरनेशनल फाइनान्स इन्भेष्टमेण्ट एण्ड कमर्स बैंक लिमिटेड (आईएफआईसी) बंगलादेशको नाममा रहेको शेयर विक्री गर्न लागेको हो ।

यसमा कम्पनीका विद्यमान संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् । शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंस्थित कम्पनी सचिवको कार्यालयमा के कति शेयर खरीद गर्ने सोको व्यहोरा खुलाई शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ ।

Esewa
Crest

तोकिएको समयमा संस्थापक शेयरधनीबाट निवेदन नआएमा प्रचलित कानून बमोजिम अन्य लगानीकर्तालाई शेयर विक्री गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS